मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नवराज मैनाली
२०७५ माघ १५ मंगलबार १४:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सुन तस्करीमा सघाउने कर्मचारीसँग १४ करोड अकुत सम्पत्ति, अख्तियारद्वारा मुद्दा दायर 

Read Time : < 1 मिनेट
नवराज मैनाली
२०७५ माघ १५ मंगलबार १४:३८:००

३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालयका रेडियो अपरेटरले १४ करोड भन्दा धेरै अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । हाल निलम्बनमा परेका रेडियो अपरेटर श्यामकृष्ण च्यामु श्रेष्ठविरुद्ध मंगलबार बिशेष अदालतमा मुद्दा दायर भएको हो । 

उनले १४ करोड ६१ लाख २४ हजार चार सय ७८ रुपैयाँ अकुत आर्जन गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो । उनकी जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र भाइ बुहारी रविना प्रधानाङ्गको नाममा रहेको सम्पत्ति समेत गैर कानूनी रुपमा आर्जन गरेको भन्दै उनीहरुविरुद्ध समेत मुद्दा दायर भएको छ । 

रेडियो अपरेटर श्रेष्ठलाई दुईवर्षअघि सिआईबीले पक्राउ गरी मुद्दा चलाएको थियो । उनी विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहमा आबद्ध भएको अनुसन्धानमा खुलेको थियो ।