मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १४ आइतबार ०८:४५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

महामारीबीच जहाज–यात्रामा सावधानी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १४ आइतबार ०८:४५:००

सन् २०२० भित्र जहाज चढेर लामो यात्रामा निस्किन र रोजाइको गन्तव्य पुगेर छुट्टी मनाउन पाउँदा कस्तो अनुभूति हुँदो हो ! कोभिड–१९ संकटमा तीन महिनाभन्दा बढी समय घरमै कैद हुनुपर्दा अधिकांशको मनमा यही प्रश्नले डेरा जमाएको हुन सक्छ । महामारी थप फैलिन नदिन विमानस्थल र एयरलाइन्सहरूले यात्री उडानको कार्यशैली परिवर्तन गरेका छन् । भौतिक दूरीलगायत नियम कडाइका साथ लागू गरिएको छ । यस्तो वेलामा कसरी गर्ने हवाई यात्रा ? यी हुन् केही उपाय :

 -तपाईंमा सातादिनयता कोरोना भाइरस संक्रमणको लक्षण देखिएको छ भने जहाजमा यात्रा गर्नुहुँदैन । यस्तो अवस्थामा सेल्फ आइसोलेसनमा बस्नु नै उत्तम हुन्छ ।

-परिवारका सदस्य या यसबीचमा भेट भएका साथीभाइमा पनि संक्रमणको लक्षण देखिए जहाज यात्राको योजना त्यागिदिनुहोस् । 

-तपाईं यात्री हुनुहुन्न या कसैका लागि तपाईंको उपस्थिति जोखिमपूर्ण हुन्छ भने विमानस्थल टर्मिनलमा नगइदिनुहोस् ।

-आसपासमा जति कम मानिस हुन्छन्, त्यति नै कोरोना प्रसार हुने जोखिम कम हुन्छ । भौतिक दूरीको नियम जमिनदेखि ४० हजार फिटको उचाइमा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले अन्य व्यक्तिसँग भौतिक दूरीमा रहनुहोस् ।

-चेकिङका क्रममा अनावश्यक फेस टु फेस कन्ट्याक्ट नगर्नुहोस् । लगेज र ह्यान्डब्यागको जाँचमा पर्याप्त सावधानी अपनाउनुहोस् । 

-विमानस्थलभित्र अनावश्यक हिँडडुल नगर्नोस् । त्यसरी हिँडडुल गर्दा कोरोना भाइरस सर्ने जोखिम हुन्छ ।

-कुनै वस्तु छोइएमा तत्काल साबुनपानीले मिचीमिची हात धुनुहोस् ।

-मास्क नखोल्नुस् । कसैले मास्क लगाएको छैन भने पनि तपाईंलाई भाइरस संक्रमणको जोखिम हुनेछैन ।

-मास्क नलगाई तपाईंलाई एयरलाइन्सले जहाजसम्म जान नदिन सक्छ । तर, सुरक्षाकर्मीले मास्क खोल्न आग्रह गरेमा उनीहरूको निर्देशन पालना गर्नुपर्छ । त्यसबाट तपाईंको परिचय थाहा पाउन उनीहरूलाई सहज हुनेछ ।

-तपाईं सवार जहाज उडेपछि पनि मास्क नखोल्नुहोस् । सकेसम्म आफ्नो सिटमै बसिरहनुहोस् । र, अन्य यात्रीसँग भौतिक दूरी बनाउनुहोस् ।कुनै स्वास्थ्य समस्या आएमा क्याबिन क्रुलाई खबर गर्नुहोस् ।

-विभिन्न देशले हवाई यात्राका लागि आ–आफ्ना नियम बनाएका छन् । जस्तो– बेलायत जाँदै हुनुहुन्छ भने आफ्नो विस्तृत विवरण फारम भर्नैपर्छ ।

-सम्बन्धित गन्तव्यमा पुग्नासाथ सकेसम्म चाँडो विमानस्थलबाट बाहिरिनुहोस् । र, सीधै आफू बस्ने अपार्टमेन्ट वा होटेलमा दुई साताका लागि सेल्फ क्वारेन्टाइनमा बस्नुहोस् ।

-सेल्फ क्वारेन्टाइनको नियम तोड्नुभयो भने स्थानीय प्रशासनले तपाईंलाई महँगो जरिवाना गर्नेछ । र, तपाईंको यात्रा महँगो हुन जानेछ ।