Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १२ सोमबार
  • Monday, 28 September, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १४ आइतबार ०६:५३:००
समाचार

के हो सलह ?

नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १४ आइतबार ०६:५३:००

३५ हजार मानिसले बिहान र बेलुका खाने कृषिउपज एक दिनमा एउटै समूहमा आएका किराले नष्ट गर्ने सामर्थ्य राख्छ 

फट्यांग्रोजस्तो देखिने सलह किरा कृषि बाली नष्ट गर्दै आएको अहिलेसम्मकै सबैभन्दा खतरनाक किरा हो । एक वर्गकिलोमिटरभित्र एउटै समूहमा डेढ लाखदेखि ३–४ करोडसम्मको संख्यामा जम्मा हुने र बालीनाली एकैपटक नष्ट गर्ने गर्छ ।

अन्य किराहरू बाली विशेषमा लाग्ने र आंशिक नष्ट गर्ने गरे पनि सलह किरा हरियो जुनसुकै बालीमा लाग्ने र सबै नष्ट गर्ने प्रकृतिको भएको मन्त्रालयमातहतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका पूर्वप्रमुख डा. डिल्लीराम शर्माले बताए । 

फट्यांग्रोजस्तो देखिने सलह किरा कृषि बाली नष्ट गर्दै आएको अहिलेसम्मकै सबैभन्दा खतरनाक किरा हो । ३५ हजार मानिसले बिहान र बेलुका खाने कृषिउपज एक दिनमा एउटै समूहमा आएका किराले नष्ट गर्ने सामर्थ्य राख्छ ।

‘यो किरा अहिलेसम्मकै सबैभन्दा खतरनाक साबित भएको छ । नेपाल भित्रिनु भनेको निकै खतराको संकेत हो,’ उनले भने, ‘यसलाई नष्ट गर्न शनिबारबाटै काम थाल्नुपर्ने थियो, तर एक–दुई दिन पर्खेर गल्ती भइरहेको छ ।’

यो किराले छोटो समयमै बाली, पात, डाँठ सबै नष्ट गर्ने उनले बताए । यो किरा सुरुमा सन् २००३ मा अफ्रिकामा देखिएको थियो । त्यसपछि खाडी मुलुक, इरान हुँदै पाकिस्तानबाट भारतमा आएको हो । 

यो किरा एक दिनमा एक सय ५० किलोमिटरसम्म समूह बनाएर जान सक्छ । ३५ हजार मानिसले बिहान र बेलुका खाने कृषिउपज एक दिनमा एउटै समूहमा आएका किराले नष्ट गर्ने सामर्थ्य राख्छ ।