१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ असार १३ शनिबार १८:५२:००
Read Time : < 1 मिनेट
समाचार

पर्साको बढनियारमा सलह देखियो

Read Time : < 1 मिनेट
२०७७ असार १३ शनिबार १८:५२:००

पर्साको पर्सागढी नगरपालिका– ७ बढनियारमा लगाएको चैते धानबालीमा सलह देखिएको छ । शनिबार बिहान धानखेतमा हजारभन्दा बढीको संख्यामा सलह देखिएको किसानहरूले बताएका छन् । 

धानखेतीमा सलहको हुल देखेको बढनियारका किसान अर्जुन नेपालले जानकारी दिए । बिहान खेती हेर्ने जाँदा हजारभन्दा बढी सलह एकै स्थानमा देखेको उनले बथाए । उनले भने, ‘हल्ला र आवाज निकालेर धपाएपछि जंगलतिर गएको छ ।’ खेतमा एकैपटक देखिएकाले कहाँबाट आयो भन्ने थाहा नभएको उनले बताए । १९ कट्ठामा क्षेत्रफलमा लगाइएको धानमा सलह फट्याङग्रा देखिएपछि बुबा र दाइलाई पनि बोलाएर धपाएको उनले बताए । सबैजना बिहान खेत भएकाले सलह बालीमा बसे पनि धेरै क्षति नपुऱ्याएको उनले बताए ।

बढनियारस्थित धानबालीमा बिहान सलहको बथान आएर बसेको र किसानले धपाएको जानकारी पाएको जिल्ला कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताए । उनले शनिबार बिदाको दिन भएकाले सरकारी गाडी चलाउन नमिल्ने भएकाले खेतसम्म जान नपनएकाे तर यस विषयमा सम्बन्धित किसानसँग बुझने प्रयास गरिरहेको उनले बताए ।