१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ असार १३ शनिबार १६:२०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

 गड्डाचौकी नाकाबाट भारत जानेभन्दा नेपाल प्रवेश गर्ने पाँच गुणाले बढे (फोटोफिचर)

३१ हजार ७ सय ७७ नेपाल आए, ४ हजार ४ सय २२ भारत गए

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ असार १३ शनिबार १६:२०:००

एक महिनाको अवधिमा पश्चिमी नाका गड्डाचौकीबाट भारत प्रवेश गर्नेभन्दा पाँच गुणा बढीले  नेपाल प्रवेश गरेका छन् । लकडाउनका कारण भारतमा अलपत्र परेका नेपालीको उद्धारका लागि गत १२ जेठदेखि गड्डाचौकी नाकाबाट प्रवेशका लागि खुला गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार १२ जेठदेखि १२ असारसम्म भारतबाट ३१ हजार सात सय ७७ नेपाली स्वदेश आएका छन् भने नेपालबाट चार हजार चार सय २२ भारतीय नागरिक भारत प्रवेश गरेका छन् । 

 

पछिल्ला दिनमा भारतबाट नेपाल प्रवेश गर्नेहरूको संख्या क्रमिक रूपमा घटिरहेको छ । सबैभन्दा बढी १८ जेठमा तीन हजार सात सय ५२ र सबैभन्दा कम १३ असारमा ८८ जनाले नेपाल प्रवेश गरेका छन् ।