१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ असार १३ शनिबार १४:४०:००
Read Time : < 1 मिनेट
समाचार

वनबासा बजार खुलाउन दूतावासलाई पत्र बुझाएकै भोलिपल्ट सीमा क्षेत्रमा तस्करी  

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ असार १३ शनिबार १४:४०:००

नेपाल–भारत सीमावर्ती वनबासा बजारका व्यवसायीले बजार खुलाउन उत्तराखण्ड प्रदेशमार्फत नेपाली दूतावासलाई ज्ञापनपत्र बुझाएकै भोलिपल्ट सीमा क्षेत्रबाट तस्करी भएको  छ । 
भारतीय वनबासा बजारबाट  व्यवसायीले सामान तस्करी गरेर नेपाल ल्याइरहेको अवस्थामा कञ्चनपुरको सीमा क्षेत्र जिमुवाबाट सशस्त्र प्रहरी बलले लाखौँको सामान बरामद गरेको छ ।  

शनिबार सशस्त्र प्रहरी बल ५६ नम्बर गुल्म हेक्वा गड्डाचौकीका इन्चार्ज प्रहरी नायब उपरीक्षक केशवराज प्याकुरेल नेतृत्वको सशस्त्र प्रहरी टोलीले तस्करी भइरहेको सामान बरामद गरेको हो । 

सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी कञ्चनपुरका इन्चार्ज सशस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले सीमा क्षेत्रमा नियमित गस्ती गर्ने क्रममा भीमदत्त नगरपालिका– १० जिमुवाबाट किराना पसलका सामान बरामद गरिएको बताए ।

सशस्त्र प्रहरी उपरीक्षक साहुका अनुसार बिक्रीका लागि ल्याइएका, चकलेट, कपडालगायतका सामग्री बरामद गरिएका छन् । बरामद गरिएका सामान भन्सार चलान गरिएको उनले बताए । सशस्त्र प्रहरीले लकडाउनकै बीचमा कञ्चनपुरको विभिन्न सीमा क्षेत्र ब्रह्मदेव, खल्लामछेट्टी, दोधारा, चाँदनी, बेलडाँडी, बेलौरी, पुनर्वास क्षेत्रबाट माछादेखि हार्डवेयरका सामान बरामद गरेर भन्सार बुझाएको छ ।