मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १३ शनिबार १२:०७:००
Read Time : < 1 मिनेट
समाचार

दुईमहिने शिशुकाे पेटमा डेढ केजीको ट्युमर, सफल शल्यक्रियाबाट निकालियाे  

Read Time : < 1 मिनेट
२०७७ असार १३ शनिबार १२:०७:००

दुईमहिने शिशुकाे पेटमा पलाएकाे डेढ केजीको ट्युमर शल्यक्रिया गरी निकालिएकाे छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिशुकाे शल्यक्रिया गरिएकाे हाे ।

धनकुटा चौबिसे गाउँपालिका– ८ साम्मेवाकी विनिता लिम्बूकी दुईमहिने छोरीकाे जन्मेदेखि नै पेट ठूलो भएको र जन्मेको २० दिनपछि चेक गराउँदा पेटमा ट्युमर  रहेको पाइएको थियो ।

दुई महिनापछि शिशुकाे शल्यक्रिया गरिएको हो । हाल बच्चाको अवस्था सामान्य रहेको बच्चाका बुबा दीपेन्द्र लिम्बूले जानकारी दिए । बच्चाको पेट असामान्य बन्दै गएपछि जेठ २ गते प्रतिष्ठानमा भर्ना गरी जेठ १८ गते शल्यक्रिया गरिएको हाे । 

प्रतिष्ठानको सर्जरी विभागका पेरियाडिक इञ्चार्ज बालरोग सर्जन डा. राजेश साहको टिमले शल्यक्रिया गरेर ट्युमर निकालेकाे हाे । शल्यक्रिया गर्नुअघि बच्चाको तौल पाँच केजी  थियो । हाल बच्चाको तौल साढे ३ केजी रहेको छ । 

सर्जन डा. साहका अनुसार दुई महिनाको शिशुमा धेरै तौलको ट्युमर नौलो भएको बताए ।