मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार १३ शनिबार ११:०९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोनाका कारण भरतपुर अस्पतालमा कैलालीका एक पुरुषको मृत्यु 

Read Time : < 1 मिनेट
२०७७ असार १३ शनिबार ११:०९:००

चितवनमा कोरोना संक्रमणको कारण थप एकको मृत्यु भएको छ । भरतपुर अस्पतालको आइसोलेसनमा रहेका कैलालीको गोदावरी नगरपालिका– ७ का ५० वर्षीय पुरुषको उपचारको क्रममा शनिबार  बिहान मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार फोक्सोको क्यान्सरबाट पीडित उनलाई कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजबाट भरतपुर अस्पताल लगिएको थियो । 

बिहीबार कोरोना संक्रमण पुष्टि भएका उनकाे शुक्रबार दिउँसोबाट स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई शुक्रबार नै आइसियूमा सारिएको थियो । यसअघि भरतपुर महानगरपालिका– ११ का एक कोरोना संक्रमितको मृत्यु भएको थियो ।