Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नारायण शिवाकोटी काठमाडाैं
२०७७ असार १३ शनिबार ०६:५२:००
Read Time : > 3 मिनेट
अर्थ

महाव्याधिको सन्देश ‘वर्क फ्रम होम’

Read Time : > 3 मिनेट
नारायण शिवाकोटी काठमाडाैं
२०७७ असार १३ शनिबार ०६:५२:००

-‘वर्क फ्रम होम’को अवधारणा विल्कुलै नवीन होइन । एक सर्वेक्षणका अनुसार महाव्याधिअघि बेलायतका ४ दशमलव ७ प्रतिशत कर्मचारी कार्यालय नगई घर वा अन्य स्थानबाट काम गर्थे । यस्तो संख्या अमेरिकामा ३ दशमलव ६ प्रतिशत थियो भने नेदरल्यान्ड्समा सबैभन्दा बढी १४ दशमलव १ प्रतिशत थियो ।  

-कोभिडले ठूला विकसित मुुलुक मात्र होइन, अविकसित र विकासोन्मुख देश जहाँ इन्टरनेटको सुविधा दह्रो छैन, त्यहाँ पनि जसोतसो ‘वर्क फ्रम होम’को संस्कृति विकास हुँदै छ ।

कोभिड–१९ को महाव्याधिले विश्वभर जुन स्तर र गतिमा रोजगारी खोसेको छ, त्यही स्तर र गतिमा काम गर्ने तौरतरिका र संस्कृतिलाई पनि बदल्दै लगेको छ । यसबीच, ‘वर्क फ्रम होम’ एवं ‘रिमोट्ली वर्किङ’जस्ता नयाँ संस्कृति व्यापक बन्न थालेको छ । 

महाव्याधिका कारण लकडाउन हुँदा अधिकांश कम्पनीले कार्यालय नगई घरबाटै गर्न सकिने ‘वर्क फ्रम होम’को संस्कृति विकास गरेका छन् । महाव्याधिपछि वर्क फ्रम होमको उपयोग अत्यधिक हुने निश्चित देखिएको छ । जुन स्थायी संस्कृतिमा रूपान्तरण हुँदै छ ।  

यसैको प्रभावस्वरूप पछिल्लो समय कोभिड–१९ पछि केही ठूला सहरमा भाडा सस्तिएको छ । साना सहरमा केही बढेको छ । स्काइप, फेसटाइम, स्लाक, जुम, गुगल, ह्याङआउट्स एवं क्लाउड कम्प्युटिङजस्ता प्रविधि कम्पनी र शक्तिशाली इन्टरनेटले ‘वर्क फ्रम होम’लाई सम्भव बनाइदिएका छन् । कामको शैलीमा आइरहेको यो लचक संस्कृतिबाट करोडौँ कामदार लाभान्वित बनेका छन् । 

वर्क फ्रमको अवधारणा विल्कुलै नवीन भने होइन । एक सर्वेक्षणका अनुसार महाव्याधिअघि बेलायतका ४ दशमलव ७ प्रतिशत कर्मचारी कार्यालय वा कार्यस्थलमा उपस्थिति नभई घर वा अन्य स्थानबाट काम गर्थे । यस्तो संख्या अमेरिकामा ३ दशमलव ६ प्रतिशत थियो भने नेदरल्यान्ड्समा सबैभन्दा बढी १४ दशमलव १ प्रतिशत थियो । रिमोट वर्क (कार्यालयबाहिरको आफ्नो अनुकूल स्थानमा रहेर गरिने कार्य)तर्फको यात्रामा नेदरल्यान्ड्सले ठूलो छलाङ मारिसकेको छ । यसलाई फिनल्यान्डले पछ्याउँदै छ । नेदरल्यान्ड्सका ९० प्रतिशत घरमा उच्च गतिको इन्टरनेट हुनु, लचक कार्य संस्कृति, उच्च सामाजिक कल्याण र मानिसमा इमानदारिताले अनुकूल स्थानमा बसेर काम गर्न सकिने संस्कृतिलाई बल मिलिरहेको हो ।

अमेरिकामा महाव्याधिबीच गरिएको एउटा नयाँ सर्वेक्षणमा अहिले वर्क फ्रम होम (घरबाटै काम गरिरहेका)मध्ये ५९ प्रतिशतले सम्भव भएसम्म आफू घरबाटैको कामलाई निरन्तरता दिन इच्छुक रहेको बताएका छन् । 

बार्केलेस एवं ट्विटरलगायतका ठूला अन्तर्राष्ट्रिय कम्पनी अब महँगो अफिस विगत बनिसकेको तर्क गर्छन् । यी दुवै कम्पनीले ‘रिमोट वर्क’लाई केन्द्रमा राखेर भर्ना नीति बनाइरहेका छन् । 

त्यसैगरी, हार्बर्ड बिजनेस स्कुलले भर्खरै गरेको अनुसन्धानमा ‘वर्क फ्रम एनिह्वेर’को नीतिले कर्मचारीको उत्पादकत्वमा वृद्धि हुने र लागत घट्ने पाइएको छ । त्यसैले टाढैबाट गर्न मिल्ने कामहरूमा वर्क फ्रम होम वरदान हुने देखिँदै छ । 

लेइडेन विश्वविद्यालयका अर्गनाइजेसनल साइकोलोजीका प्राध्यापक अक्जे नाउता भन्छन्, ‘यस मामलामा रोजगारदाताहरूले नेदरल्यान्ड्सबाट प्रेरणा लिनुपर्छ । ‘रिमोट वर्क’लाई राम्रोसँग कार्यान्वयन गर्ने र भर्चुअल अफिस स्थापना गर्ने सम्बन्धमा उनीहरू निकै अनुभवी भइसकेका छन् ।’ 

त्यसैगरी, ज्याक डोर्सेले स्थापना गरेका विश्वप्रसिद्ध कम्पनी ट्विटर र स्क्वायर (एसक्यु)ले स्थायी रूपले नै घरबाट काम गर्न सकिने विकल्प कार्यान्वयन गरिसकेको छ ।

‘रिमोट वर्किङले हामीले सोचेभन्दा राम्रोसँग काम गरेको छ,’ बोस्टन कन्सल्टिङ ग्रुपका सिइओ रिच लेसर भन्छन् । यो महाव्याधिका कारण व्यापक बनेकोे वर्क फ्रम होम (डब्ल्युएफएच)को अभ्यास स्थायी अभ्यासमा परिणत हुँदै गएको छ । थुप्रैखाले कामहरू घरबाटै गराइनेछन् । यसले एकातिर अफिसको खर्च घटाउनेछ भने अर्कातर्फ समयको बचत गराउनेछ । कम्पनीहरूले महँगो स्थानमा भव्य र ठूलो अफिस राख्नुपर्ने झन्झटबाट छुटकारा पाउनेछन् । 

साथै, यो पारिश्रमिकलगायतका लागत कटौतीको प्रभावकारी उपकरण हुन सक्ने पनि देखिँदै छ । विशेष गरी सिलिकन भ्यालीजस्ता उच्च भाडादर भएका स्थानमा मुख्यालय एवं कार्यस्थल भएका प्रविधि कम्पनीका लागि वर्क फ्रम होमले लागतमा ठूलो कटौती गरिदिन सक्छ । किनकि, अब कार्यालय निकै ठूलो बनाइराख्नुपर्नेछैन । 

कार्यालयका लागि स्थान, बिजुली, पानी, साजसज्जा पार्किङलगायत महँगो सुविधा उपलब्ध गराउनुपर्दा कार्यालय खर्च निकै उच्च बन्न पुग्छ । उत्पादकत्वमा ठूलो असर पर्ने देखिएन भने अब थुप्रै कम्पनीले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न प्रोत्साहित गर्ने सम्भावना देखिँदै छ । तर, यो अभ्यास भर्खरैबाट सघन भएकाले यससम्बन्धी सबै तथ्यांक अहिले नै उपलब्ध भइसकेका छैनन् । 

यदि काठमाडाैंको कुनै कम्पनीको काम कर्मचारीले घरबाटै गर्न पाए भने कर्मचारी पनि लाभान्वित हुनेछन् । उनीहरूलाई काठमाडौंको महँगी र प्रदूषण झेल्दै बस्नुपर्ने बाध्यताबाट समेत फुर्सद मिल्न सक्छ । कम्पनीको पनि अफिस लागत बचत हुनेछ । 

सफ्टवेयर डेभलपमेन्ट प्लाटफर्म गिटहवले ‘कम्पनसेसन क्याल्कुलेटर’ प्रयोग गरेर पारिश्रमिक स्थानीयकरण गरेको छ । यसले कम्पनीलाई अधिकतम संख्यामा मानिसहरूले हायर गर्ने सामथ्र्य प्रदान गरेको उसको अनुभव छ । पारिश्रमिक न्यून भएको क्षेत्रबाट कामदार भर्ना लिन कम्पनीका लागिसमेत प्रभावित हुन सक्छ । ‘पारिश्रमिकलाई स्थानीय बजारअनुरूप समायोजन सबैका लागि उचित हुन्छ,’ गिटहव भन्छ । यसो गर्दा कर्मचारीलाई सहरबाहिर गएर काम गर्ने सुविधा मिल्छ । जसका कारण स्तरीय विद्यालय र सुविधा, तर तुलनात्मक रूपले सस्ता सहरमा स्थानान्तरण हुन सर्वसाधारण लालायित हुन सक्नेछन् । 

कम्प्युटर आइटी, शिक्षा, तालिम, स्वास्थ्य सेवा, डाटा इन्ट्री, शिक्षणलगायतका थुप्रै क्षेत्रमा रिमोट वर्क सम्भव देखिन्छ । अमेजन, डेल, हुमाना, कप्लान एवं सेल्सफोर्सजस्ता विभिन्न क्षेत्रका शीर्ष कम्पनीले आफ्ना कर्मचारीलाई वर्क फ्रम होमको अवसर दिइरहेका छन् ।

पियरसन, के१२, ग्रान्ड क्यानयोन युनिभर्सिटी र कप्लानजस्ता दूरशिक्षा कम्पनीहरूको अभूतपूर्व विस्तारले शिक्षक, कोअर्डिनेटर, स्याट इन्स्ट्रक्चरजस्ता थुप्रै काममा वर्क फ्रम रिमोट पहिल्यैबाट व्यापक प्रचलनमा छ । चिनियाँ अनलाइन शिक्षा कम्पनी भिआइपी केआइडीले रिमोट वर्कबाटै चिनियाँ विद्यार्थीलाई अमेरिकी एजुकेसनको अनुभव दिन्छ ।

त्यसैगरी, आइटी क्षेत्र भर्चुअल अफिसका लागि अग्रणी छ । रेड ह्याट, सेल्सफोर्स, एसएपीजस्ता वर्क फ्रम होममैत्री कम्पनी बनेका छन् । यस्ता फच्र्युन५०० मा सूचीकृतलगायतका हजारौँ कम्पनीले कर्मचारीलाई यस्तो सुविधा दिन्छन् । अमेजनडटकमइन्कले विश्वभरमा ७ लाख ५० हजारभन्दा बढीलाई रोजगारी दिएको छ । जसमध्ये थुप्रै कर्मचारीले घरबाटै काम गरेर अफिसमा रिपोर्टिङ गर्छन् । त्यसैगरी, डेल इन्क, स्वास्थ्य बिमा कम्पनी हुमाना इन्कले पनि वर्क फ्रम होमलाई प्रोत्साहित गरिरहेका छन् । त्यस्तै, फच्र्युन५०० मा सूचीकृत एवं स्वास्थ्य सेवाप्रदायक कम्पनी एइटनाइन्कले एक वर्ष अफिसमा काम गरेपछि वर्क फ्रम होमको अनुमति दिने गरेको छ । 

फोर्ब्सका अनुसार अग्रणी नवप्रवर्तन कम्पनी सेल्सफोर्सडटकमसँग ४९ हजारभन्दा धेरै वर्क फ्रम होम कर्मचारी छन् । जुन कम्पनीमा काम गर्न थुप्रै वर्षको अनुभव चाहिन्छ ।

फेसबुकले जनवरी १ बाट कर्मचारीलाई रोजेको ठाउँबाटै काम गर्न दिने
अग्रणी सामाजिक सञ्जाल फेसबुकले आगामी ५ देखि १० वर्षमा फेसबुकका आधा कर्मचारीलाई वर्क फ्रम रिमोटमा पुर्‍याउने लक्ष्य सार्वजनिक गरेको छ । फेसबुकका संस्थापक एवं सिइओ मार्क जुकरबर्गले ‘वर्क रिमोटली’लाई प्रोत्साहित गर्न रिमोट हायरिङमा आक्रामक सुरुवात गर्न थालेको बताएका छन् । फेसबुकको कार्यालयलाई ७५ प्रतिशतसम्म संकुचित बनाउने उनको योजना छ ।

यसका विश्वभर ७० अफिसमा ४८ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । ‘रिमोट वर्कको सवालमा हामी सबैभन्दा अग्रगामी कम्पनी हुँदै छौँ,’ जुकरबर्ग भन्छन् । फेसबुकले सन् २०२१ को जनवरी १ बाट आफ्ना कर्मचारीलाई उनीहरूले रोजेको स्थानमा स्थानीयकरण गरिदिने भएको छ । र, उनीहरूको पारिश्रमिकसमेत सोहीअनुसार स्थानीयकरण हुनेछ । जसबाट रोजगारदाता र कामदार दुवै लाभान्वित हुनेछन् ।