मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
राजु सदा
हदिश खुद्दार जनकपुरधाम
२०७७ असार १३ शनिबार ०५:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राजु सदाको परिवारलाई प्रदेश  सरकारले पाँच लाख राहत दिने

गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७७ असार १३ शनिबार ०५:०७:००

आइसोलेसनमा मृत्यु भएका धनुषाको हंसपुर नगरपालिका–७ पर्साहीका राजु सदाको परिवारलाई प्रदेश २ सरकारले पाँच लाख राहत दिने भएको छ । शुक्रबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै घटनाको गम्भीरतापूर्वक छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धतासमेत जनाएको छ । 

‘घटनाको छानबिनका लागि सरकारले एक समिति गठन गरिसकेको छ । तत्काल मृतक परिवारलाई राहतस्वरूप पाँच लाख सहयोग गर्ने निर्णय गरिएको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । राजुको परिवारलाई सहयोग गर्न काठमाडौंका केही युवा पनि अगाडि सरेका छन् । सञ्चारकर्मी सन्नी महत, अनि करमा र विनोद गौतमले संयुक्त रूपमा ४० हजार सहयोग गरेका छन् । राजुको परिवारको दयनीय अवस्थाबारे नयाँ पत्रिकामा समाचार पढेपछि उनीहरूले सहयोग रकम पठाएका हुन् । उनीहरूले गरिब, विपन्न तथा समस्यामा परेकालाई सहयोग गर्दै आएका छन् । 

१४ जेठमा भारतको चेन्नईबाट फर्किएका १६ वर्षीय राजुलाई गाउँकै क्वारेन्टाइनमा राखिएको थियो । त्यहाँ राखिएको १० दिनपछि स्वाब संकलन गरेर १४ दिनपछि रिपोर्ट आएको थियो । रिपोर्ट नगेटिभ आएको थियो तर उपेक्षाले उनको मृत्यु भयो ।