मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार १२ शुक्रबार १६:४७:००
Read Time : < 1 मिनेट
समाचार

सप्तकोसीमा पानीको बहाव बढेपछि २६ वटा ढोका खोलियो  

Read Time : < 1 मिनेट
२०७७ असार १२ शुक्रबार १६:४७:००

केही दिनदेखि पूर्वी पहाडी क्षेत्रमा निरन्तर परेको पानीले सप्तकोसीको बहाव बढेको छ । बहाव बढ्दै गएपछि कोसी ब्यारेजको ५६ वटा ढोकामध्ये २६ वटा ढोका शुक्रबार खोलिएको ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । 

पानीकाे बहाव शुक्रबार एक लाख ७६ हजार पाँच सय १० क्युसेक प्रतिसेकेन्ड मापन गरिएको प्रहरी चौकी कोसी ब्यारेजका असइ कुलबहादुर खत्रीले जानकारी दिए ।

बिहीबारदेखि कोसीमा पानीको बहाव उच्च भएको स्थानीयले बताएका छन् । ब्यारेजमा दुई लाख ५० हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव मापन भएपछि मात्र खतराको साइरन बज्ने गर्छ ।