मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार १२ शुक्रबार ०९:१८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

वर्षायाममा स्वस्थ तरकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार १२ शुक्रबार ०९:१८:००

- वर्षायाममा माइक्रोबायल संक्रमणको जोखिम हुन्छ । यतिवेला भोजनजन्य जीवाणुको तीव्र वृद्धि हुने भएकाले खानपानमा ध्यान दिनुपर्छ ।

- सागलगायत पातजन्य तरकारीमा सूक्ष्म जीवहरूले प्रजनन गर्छन् । यस्ता सूक्ष्म जीव पाचन प्रणालीका लागि हानिकारक हुन्छन् । त्यसैले राम्ररी पखालेर मात्र प्रयोग गर्नुपर्छ ।

- तितेकरेला वर्षायामका लागि उपयुक्त तरकारी हो । यसमा पाइने ‘एन्थेलमेन्टिक’ तत्वले आन्द्रामा जुकाको समस्या आउन दिँदैन । वर्षायाममै हो, बालबालिकाको पेटमा जुका पर्ने, जसले उनीहरूको पाचन प्रणालीमा असर पार्छ ।

- मनसुनका लागि लौका पनि स्वस्थ तरकारी मानिन्छ । लौकामा फस्फोरस, म्याग्नेसियम, पोटासियमजस्ता तत्व पाइन्छन् । फ्याटको मात्रा कम हुने भएकाले यो स्वास्थ्यका लागि लाभदायक हुन्छ ।

- लौकाले पेटलाई चिसो बनाइराख्न मद्दत गर्छ । यसमा पाइने ‘एन्टिबिलियस’ गुणले शरीरबाट पित्तको अत्यधिक मात्रा हटाउँछ । वर्षायाममा ज्वरो, खोकी र ‘ब्रोन्कियल डिसअर्डर’ हुन नदिन लौका उपयुक्त मानिन्छ ।

- पर्बलमा पाइने ‘एन्टिपाइरेटिक’ गुणले ज्वरो र सर्दी निम्तिन दिँदैन । पर्बलमा पाइने ‘हेमाटोप्रोटेक्टिभ’ र ‘एन्टिइन्फ्लेमेन्टरी’ तत्वले कलेजो सुन्निने समस्याबाट बचाउँछन् । यस्तै, यसमा पाइने ‘एन्टिमाइक्रोबियल’ तत्वले शरीरमा संक्रमणबाट बचाउँछ।