१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नारायण सिवाकोटी काठमाडौं
२०७७ असार १२ शुक्रबार ०७:५४:००
Read Time : > 2 मिनेट
अर्थ

कोभिड–१९ ले विश्व अर्थतन्त्र करिब ५ प्रतिशत ऋणात्मक : आइएमएफ

Read Time : > 2 मिनेट
नारायण सिवाकोटी काठमाडौं
२०७७ असार १२ शुक्रबार ०७:५४:००

-जारी संकटबाट विश्वले सन् २०२० र २०२१ मा कुल १ सय २५ खर्ब डलर गुमाउने
 -विश्व बैंकले ५ दशमलव २ र ओइसिडीले ६ प्रतिशत ऋणात्मक हुने प्रक्षेपण गरेका छन्

कोभिड–१९ को महाव्याधिले अथतन्त्रलाई ‘ग्रेट लकडाउन’मा धकेलिदिँदा विश्व अर्थतन्त्रमा भने अपूर्व कडा महामन्दी सुरु भएको छ । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले यो वर्ष विश्व अर्थतन्त्र ४ दशमलव ९ प्रतिशतले खुम्चिने प्रक्षेपण गरेको छ ।  

यसअघि अप्रिलको वल्र्ड इकोनोमिक आउटलुकमा सन् २०२० मा विश्व अर्थतन्त्र ३ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण गरेको थियो । यसलाई आइएमएफले यो नयाँ प्रक्षेपणमा १ दशमलव ९ प्रतिशतको संशोधन गर्दै ४ दशमलव ९ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण गरेको हो । 

आइएमएफका अनुसार सन् २०२१ मा विश्व अर्थतन्त्र ५ दशमलव ४ प्रतिशतले वृद्धि हुनेछ । जुन कोरोनाअगाडिको स्तरभन्दा ६ दशमलव ५ प्रतिशत बिन्दुले अझै कम हो । ‘महाव्याधि सिर्जित जारी संकटबाट विश्वले सन् २०२० र २०२१ मा कुल १ सय २५ खर्ब डलर गुमाउनेछ,’ आइएमएफको प्रतिवेदनले भनेको छ ।’  

आइएमएफको यो प्रक्षेपणले विश्व बैंक र ओइसिडीले गरेको भन्दा केही राम्रो चित्र प्रस्तुत गरेको छ । विश्व बैंकले यो वर्ष ५ दशमलव २ र ओइसिडीले ६ प्रतिशतको संकुचित आउने प्रक्षेपण गरेका छन् । ओइसिडीले यो महामन्दी शान्तिकालीन सबैभन्दा खराब मन्दी भएको बताएको थियो । 

दीर्घ लकडाउन र सुस्त पुनर्बहालीका कारण भारतको अर्थतन्त्र ४ दशमलव ५ प्रतिशतको संकुचनमा जानेछ । पुनर्बहाली सुरु गरिसकेको चिनियाँ अर्थतन्त्रको वृद्धि १ प्रतिशतमा सीमित हुने आइएमएफको प्रक्षेपण छ । अमेरिकी अर्थतन्त्र ८ प्रतिशतले संकुचित हुनेछ । युरो प्रयोग गर्ने १९ मुलुकको जिडिपी समग्रमा १० दशमलव २ प्रतिशतको संकुचन आउनेछ । पछिल्लो समय तीव्र संक्रमणको इपिसेन्टर बनिरहेको ब्राजिलको अर्थतन्त्र यो वर्ष ९ दशमलव १ प्रतिशतले संकुचित हुने आइएमएफको अनुमान छ । 

आइएलओका अनुसार संक्रमण नियन्त्रणका उपायबाट अनौपचारिक क्षेत्रमा काम गर्ने २ अर्ब सर्वसाधारणमध्ये  ८० प्रतिशत नराम्ररी प्रभावित भएका छन् । यसका कारण गरिबी निवारण उल्टिँदै छ । यो महाव्याधिका बीच पहिलो त्रैमासमा विश्वमा १३ करोड पूर्णकालीन रोजगारी गुमेको थियो । दोस्रो त्रैमासमा ३० करोड पूर्ण रोजगारी गुमेको छ । साथै, यो वर्ष विश्व व्यापार ११ दशमलव ९ प्रतिशतले संकुचित हुँदै छ ।

वैदेशिक सहायता पारदर्शिता सूचकमा एडिबी पहिलो, विश्व बैंक दोस्रो, एमसिसी साताैँ स्थानमा

वैदेशिक सहायताको पारदर्शिता मापन गर्ने ‘एड ट्रान्सपरेन्सी इन्डेक्स’मा नेपालका सबैभन्दा ठूला विकास साझेदारहरूमध्येका एसियाली विकास बैंक पहिलो र विश्व बैंक दोस्रो स्थानमा परेका छन् । त्यस्तै, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) तेस्रो नम्बरमा परेको छ । नेपालमा सहयोग लिने–नलिने भन्ने विषयमा विवाद भइरहेको अमेरिकी सहयोग संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सबैभन्दा पारदर्शी विकास साझेदारमध्ये सातौँ स्थानमा परेको छ । वैदेशिक सहायताको पारदर्शितामा क्रियाशील बेलायती संस्था (पब्लिस वाट यू फन्ड)ले तयार पारेको प्रतिवेदन अमेरिकाको बु्रकिंस इन्स्टिच्युटले सार्वजनिक गरेको हो । 

वैदेशिक सहायताको पारदर्शितासम्बन्धी १ सय पूर्णांकमा पहिलो स्थानको एडिबीले ९८ अंक प्राप्त गरेको छ । एडिबी गत साल पनि पहिलो स्थानमै थियो । त्यस्तै, दोस्रो स्थानको विश्व बैंकले ९७ दशमलव १ अंक प्राप्त गरेको छ भने युएनडिपीले ९६ दशमलव ६ अंक प्राप्त गरेको छ । सातौँ स्थानमा रहेको एमसिसीले ९२ दशमलव १ अंक प्राप्त गरेको छ । सय पूर्णांकमा ८० अंकभन्दा माथि ल्याउने एजेन्सीलाई असाध्यै राम्रो (भेरी गुड) भन्ने श्रेणीमा राखिएको छ । यी चारवटै निकाय सोही श्रेणीमा परेका छन् ।  त्यस्तै, युनिसेफ, बेलायती सहयोग नियोग डिफिड, क्यानडाजस्ता दाता पनि यही श्रेणीमा परेका छन् । अर्को अमेरिकी सहयोग नियोग युएसएड भने १५औँ नम्बरमा परेको छ । 

नेपालमा आएको कुल वैदेशिक सहयोगमध्ये विश्व बैंकको हिस्सा २३ प्रतिशत छ भने एसियाली विकास बैंक (एडिबी)को हिस्सा १५ दशमलव २ प्रतिशत छ । बेलायतको ९ दशमलव ६ र संयुक्त राष्ट्रसंघको ६ दशमलव ७ प्रतिशत रहेको छ ।