मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार ११ बिहीबार २२:२०:००
Read Time : < 1 मिनेट
समाचार

अख्तियारद्वारा प्रहरी निरीक्षक र कानुन व्यवसायी घुस रकमसहित पक्राउ

Read Time : < 1 मिनेट
२०७७ असार ११ बिहीबार २२:२०:००

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक र धनगढीका एक कानुन व्यवसायी घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय महेन्द्रनगरको टोलीले प्रहरी निरीक्षक प्रकाश कार्की र कानुन व्यवसायी हिमालयविक्रम विष्टलाई बिहीबार पक्राउ गरेको हो ।

जबर्जस्ती करणी र सार्वजनिक हितविपरीतको मुद्दा मिलाइदिने भन्दै ५० हजार घुस लिएको अवस्थामा दुवैजनालाई पक्राउ गरेको आयोगको सम्पर्क कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले बताए । उनीहरू दुवैजनालाई कानुन व्यवसायी विष्टको ल फर्मबाट दिउँसो ३ बजे पक्राउ गरेको विष्टले जानकारी दिए ।

 प्रहरी निरीक्षक कार्की जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटमा कार्यरत थिए । घुससहित रंगेहात पक्राउ परेका दुवैजनालाई थप कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयमा पठाइने सूचना अधिकारी विष्टले बताए ।