१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ११ बिहीबार १९:१८:००
Read Time : > 1 मिनेट
खेलकुद

पाकिस्तानले भारतसँग भिसा ग्यारेन्टी माग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ११ बिहीबार १९:१८:००

आगामी वर्ष भारतमा आइसिसी टी–२० र एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता हुँदै छ । यी दुवै प्रतियोगितामा सहभागिता जनाउन पाकिस्तानले भारतसँग खेलाडीको सुरक्षा र भिसा ग्यारेन्टी माग गरेको छ ।

यी दुवै अवस्था पूरा भए मात्र पाकिस्तानले आफ्ना खेलाडी भारत पठाउने जानकारी दिएको छ । तर, भारतले आफ्नो पूर्ववत् अडान राखेको छ ।

पाकिस्तानद्वारा कुनै आतंककारी हमला नगर्ने विश्वास दिलाएपछि मात्र खेलाडीहरूलाई भिसा उपलब्ध गराउने र खेलाडीको सुरक्षा प्रदान गर्ने प्रत्युत्तर दिएको छ । ‘यदि हामीमाथि आतंककारी हमला नहुने विश्वास पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले दिलायो भने खेलाडीको भिसा सहजै हुनेछ,’ भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को विधानमा क्रिकेट खेलमा सरकारी हप्तक्षेप स्वीकार्य नभएको उल्लेख छ । तर, भारतीय क्रिकेटमा सरकारको हस्तक्षेप हुँदै आइरहेको छ । दुई वर्षअघि पाकिस्तानी आतंककारीले सीमा क्षेत्र पुलवामामा आक्रमण गरेको थियो । यो घटनापछि भारत र पाकिस्तानबीच सम्बन्ध झनै चिसियो ।

यो घटना दुई क्रिकेट संघबीच विवाद बढ्ने कारण बन्यो । पछिल्लो आठ वर्षयता भारत र पाकिस्तानले एक–आपसको घरेलु भूमिमा क्रिकेट सिरिज खेलेका छैनन् । भारतले भिसा नदिने अवस्था सिर्जना गरेको पिसिबीले दाबी गरेको छ । पिसिबीले भिसा सहज रूपमा उपलब्ध गराउन र खेलाडीको सुरक्षा माग राखी आइसिसीलाई पत्र पठाएको छ । 

आइसिसीले खेलमा राजनीति घुसाउन नहुने स्पष्ट पारेको छ । आइसिसी भन्छन्, ‘खेलमा राजनीति हुनुहुँदैन, खेल र राजनीति फरक विषय हो ।’ बिसिसीआईले पिसिबीसमक्ष लिखित माग राखेको छ । बिसिसिआई भन्छ, ‘पिसिबीले पाकिस्तान सरकारलाई साक्षी राखी लिखित रूपमा त्यस्ता आतंककारी गतिविधि नहुने वाचा गरेको अवस्थामा मात्र सबै माग पूरा हुनेछ ।’ 

पिसिबीका अधिकारी वासिम खानले एक अन्तर्राष्ट्रिय मिडियालाई दिएको अन्तर्वार्तामा खेलाडीलाई सहज भिसा दिनुपर्ने बताएका छन् । बिसिसीआईले खेलाडीको हकहितभन्दा पनि सरकारको नियम पालना गरिरहेको दाबी खानले गरेका छन् । ‘बिसिसीआईले सरकारको निर्देशन पालना गरिरहेको छ, यसै कारण हामीसँग यस्तो माग राखेको हो,’ खानले भने, ‘खेलाडीको काम खेल्ने हो ।’