मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार ११ बिहीबार १७:५६:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेश १ बाट ७० जना कोरोना संक्रमित घर फर्किए

Read Time : < 1 मिनेट
२०७७ असार ११ बिहीबार १७:५६:००

प्रदेश १ बाट बिहीबार ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड– १९ आइसोलेसन सेन्टरमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका दुई, उदयपुरका चार, पाँचथर, भोजपुर र ताप्लेजुङका एक–एकजना रहेको पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. शैलेशमणि पोखरेलले बताए । उनीहरू २५ देखि ३० जेठसम्ममा भर्ना भएका थिए । 

डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. पोखरेल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतलगायतले बिदाइ गरेका थिए । ७० डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या तीन सय ५५ पुगेको छ ।

प्रदेश १ मा बिहीबार सातजना संक्रमित थपिएका छन् । मोरङमा एक, सुनसरीमा दुई र झापामा चार रहेका छन् । प्रदेश १ मा संक्रमितको संख्या पाँच सय तीन पुगेको छ ।