मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार ११ बिहीबार १७:२८:००
Read Time : < 1 मिनेट
प्रदेश

गुल्मी समाज युकेद्वारा स्वास्थ्य सामग्री प्रदान

Read Time : < 1 मिनेट
२०७७ असार ११ बिहीबार १७:२८:००

गुल्मी समाज युकेले उपल्लो तम्घास आइसोलेसन केन्द्रसहित चार स्थानीय तहका स्वास्थ्य केन्द्रलाई स्वाब संकलन तथा ज्वरो क्लिनिक कक्ष प्रदान गरेको छ ।

छत्रकोट, रुरु क्षेत्र, चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको स्वास्थ्य केन्द्रलाई एक–एक थान स्वाब संकलन तथा ज्वरो क्लिनिक कक्ष प्रदान गरेको हो । 

सहयोग सामग्रीको व्यवस्थापन गरिरहेका शुभलक्ष्मी फर्माका व्यवस्थापक होम पल्लीका अनुसार समाजले गुल्मी जिल्ला अस्पताललाई २० थान पिपिई सेट र दुई थान थर्मलगन प्रदान गरेकाे छ ।

यस्तै जिल्लाका सात स्थानीय तहलाई कोरोनाविरुद्ध प्रयोग गरिने महत्वपूर्ण स्वास्थ्य सामग्रीहरू प्रदान गरेको छ ।

गुल्मी दरबार, कालीगण्डकी, सत्यवती, इस्मा, धुर्कोट, मालिका र मदाने गाउँपालिकालाई २० थान पिपिई सेट र दुई थान थर्मलगन प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए । 

समाजमार्फत प्राप्त सवै सामग्रीहरू जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले सम्बन्धित स्थानीय तह र गुल्मी अस्पताललाई प्रदान गरेका छन् ।

गुल्मी समाज युकेका प्रतिनिधि लक्ष्मण गौतमले जिल्लाका सबै किसिमका विपत् सहयोग गर्दै आएको बताए ।