१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७७ असार ११ बिहीबार १७:१७:००
Read Time : < 1 मिनेट
प्रदेश

कर्णालीमा एकैदिन थपिए ७२ कोरोना संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७७ असार ११ बिहीबार १७:१७:००

कर्णाली प्रदेशमा बिहीबार ७२ जनामा नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ७२ जना नयाँ संक्रमित फेला परेका हुन् । 

प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ४५ जनाको पोजेटिभ आएको र तीमध्ये सुर्खेत जिल्लाका १२ जना, दैलेख जिल्लाका १८ जना, कालिकोटका तीनजना, सल्यान र जुम्ला जिल्ला एक–एकजना रहेका कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा पोजेटिभ देखिएका २७ जनामध्ये बझाङका दुईजना, बैतडी दुईजना, बाँकेका तीनजना, बाजुराका चारजना, ओखलढुंगाका दुईजना, गोरखाका दुईजना, लमजुङका दुईजना, कैलाली, दार्चुला, धादिङ, कास्की, इलाम, दैलेख, दाङ, गुल्मी, गुल्मी, कञ्चनपुर, काठमाडौं र खोटाङ जिल्लाका एक–एकजना रहेको प्रमुख डा. तिवारीले बताए । कर्णाली आज थपिएकासहित कोरोना संक्रमितको संख्या एक हजार चार सय सात पुगेको छ । 

सुर्खेतमा ३३ जना, दैलेखको दुल्लु आइसोलेसनबाट सातजना र सल्यान बहुमुखी क्याम्पसबाट ८४ जनाले कोरोनालाई जितेको डा. तिवारीले जानकारी दिए । योसँगै कर्णालीमा कोरोना जित्नेको संख्या ६ सय ९२ पुगेको छ ।