१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी
२०७७ असार ११ बिहीबार १४:०६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

बेलायतमा तीन सय मानिसमा कोरोनाको भ्याक्सिन परीक्षण गरिँदै

Read Time : < 1 मिनेट
एजेन्सी
२०७७ असार ११ बिहीबार १४:०६:००

बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिन तीन सयजनामा परीक्षण गर्न लागिएको छ । 

लन्डनस्थित इम्पेरियल कलेजमा तीन सयजना मानिसमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण गर्न लागिएको बेलायती सञ्चारमाध्यम बिबिसीले जनाएको छ । 

यसअघि यो भ्याक्सिन जनावरमा गरिएको परीक्षणमा सफलता प्राप्त भएको जनाइएको छ । यस परीक्षणमा उक्त भ्याक्सिनले रोग प्रतिरोधात्मक क्षमता विकास गरेको पाइएको थियो । 

यस परीक्षणको नेतृत्व गरिरहेका प्रोफेसर रविन सटोकले गरिरहेका छन् । 

हाल विश्वका एक सय २० स्थानमा कोरोनाको विभिन्नखाले भ्याक्सिन बनाउने प्रयास भइरहेको छ । जसमध्ये १३ स्थानमा भने भ्याक्सिन क्लिनिकल परीक्षणको स्तरमा पुगेको बिबिसीले जनाएको छ । 

यी १३ स्थानमध्ये पाँच चीनका, तीन अमेरिकाका र दुई बेलायतका हुन् । त्यसैगरी अष्ट्रेलिया र रुसको एक–एक स्थानमा र जर्मनीको पनि एक स्थानमा कोरोनाविरुद्धको भ्याक्सिनको क्लिनिकल परीक्षण चलिरहेको छ ।