१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ११ बिहीबार १३:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

लागुऔषध कारोबार गरेकाे आरोपमा ललितपुरका प्रहरी निरीक्षक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ११ बिहीबार १३:५६:००

लागुऔषध कोरेक्सको कारोबारमा प्रहरी निरीक्षककै संलग्नता देखिएको छ । 

महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्षक रुद्रबहादुर शाही लागुऔषध कारोबार आरोपमा बिहीबार पक्राउ परेका छन् । 

लागुऔषध नियन्त्रण ब्युरोले उनलाई कार्यालयबाटै पक्राउ गरेको हो । 

ब्युरोले बुधबार बरामद गरेको ६ सय ५० बोतल काेरेक्स प्रहरी निरीक्षक शाहीले नै ओसारपसार गरेको पुष्टि भएपछि उनी पक्राउ परेका हुन् ।

पेप्सिकोलास्थित एक घरबाट सो लागुऔषध बरामद गरी एक युवकलाई सोधपुछ गर्ने क्रममा इन्स्पेक्टर शाहीले नै सो लागुऔषध आफ्नो कारमा ल्याएर त्यहाँ छाडेको खुलेको थियो ।

इन्स्पेक्टर शाही नियमित त्यहाँ जाने र आफू पनि लागुऔषध सेवन गर्ने खुलेको छ ।