Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ असार ११ बिहीबार १२:३८:००
Read Time : < 1 मिनेट
समाचार

कञ्चनपुरको तिलाचौरमा नेपालआमाको मूर्ति निर्माण हुने

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ असार ११ बिहीबार १२:३८:००

कञ्चनपुरको उत्तरी भेग तिलाचौरमा नेपालआमाको मूर्ति निर्माणका लागि भीमदत्त नगरपालिकाले ५० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । 

भीमदत्त नगरपालिकाले पाँचौँ नगर सभाबाट नेपालआमाको मूर्ति निर्माणका लागि ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । 

भीमदत्त नगरपालिकाले चालू आर्थिक वर्ष  ०७६/७७ मा ५० लाख रुपैयाँ नेपालआमाको मूर्ति निर्माण समिति महाकाली शारदा पीठलाई दिइएको हो । 

भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले मूर्ति निर्माण समितिका अध्यक्ष जनकराज जोशीलाई चेक हस्तान्तरण गरेका छन् । 

चेक हस्तान्तरण गर्दै मेयर विष्टले प्रदान गरिएको रकम सदुपयोग गरी समयमा काम सम्पन्न गर्न आग्रह गरे । 

भीमदत्त नगरपालिका– ८ तिलाचौर भम्केनीधाममा ७५ फिट अग्लो नेपालआमाको मूर्ति निर्माण हुनेछ ।

मूर्ति निर्माणका लागि स्थानीय प्रदेश र संघीय सरकारबाट सहयोग आएको छ । 

कुल साढे १० करोड लागतमा निर्माण हुने नेपालआमाको मूर्तिको फाउन्डेसन तयार भइरहेको छ । 

धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले एक करोड लगानी गर्ने घोषणा गर्दै बाँकी स्रोत जुटाउन पहल गर्ने बताएका थिए ।