मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ असार ११ बिहीबार १२:२८:००
Read Time : < 1 मिनेट
समाचार

नेकपाद्वारा एमसिसीको विपक्षमा मतदान गर्न कञ्चनपुरका सांसदलाई पत्राचार

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ असार ११ बिहीबार १२:२८:००

विप्लवले नेतृत्व गरेको नेकपाले एमसिसीको विपक्षमा मतदान गर्न कञ्चनपुरका संसद्लाई पत्राचार गरेको छ । अमेरिकाले नेपाललाई दिने भनेकाे  विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताकाे विपक्षमा मतदान गर्न पत्राचार गरेको हो ।

नेकपा कञ्चनपुरले  बिहीबार प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सात सांसदलाई पत्राचार गरेको हो । नेकपा कञ्चनपुरका इन्चार्ज सहदेवले एमसिसी राष्ट्रघाती सम्झौता भएकाले एमसिसीको विपक्षमा उभिन आग्रहस्वरूप पत्राचार गरेको बताए । 

उनले इमेलमार्फत सबै सांसदलाई पत्राचार गरेका छन् । ‘हामीले कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने सबै सांसदलाई राष्ट्रघाती सम्झौताको विपक्षमा उभिएर भोट नदिन अनुरोध गर्दै पत्राचार गरेका छौँ,’ ‘उनले भने, ‘सबैलाई इमेलसहित सामाजिक सञ्जालमार्फत पत्राचार गर्छौँ ।’ 

क्षेत्र नम्बर १ की सांसद तथा खानेपानीमन्त्रीसमेत रहेकी विना मगर, २ का नरबहादुर धामी र ३ का डा. दीपकप्रकाश भट्टसहित प्रतिनिधिसभा सदस्य निरुदेवी पाल, विना बुढाथोकी र राष्ट्रिय सभा सदस्यद्वय इन्दु कडरिया (विष्ट), तारा भट्टलाई पत्राचार गरेको  हो । 

राष्ट्रघाती एमसिसी सम्झौता खारेजी सम्बन्धमा बुझाएको पत्रमा प्रत्यक्ष रूपमा अमेरिकन साम्राज्यवादको नेपालमा नांगाे  हस्तक्षेप बढ्ने उल्लेख गरिएको छ ।