मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार ११ बिहीबार १०:३९:००
Read Time : < 1 मिनेट
समाचार

लकडाउनमा किर्ते सवारी पास बेचेकाे आराेमा दुई पक्राउ

Read Time : < 1 मिनेट
२०७७ असार ११ बिहीबार १०:३९:००

विभिन्न सरकारी कार्यालयहरूको किर्ते छाप र लेटरप्याड बनाएर लकडाउन अवधिमा नक्कली सवारी पास बनाई बिक्री गरेकाे आराेपमा काममा संलग्न रहेको आरोपमा प्रहरीले लहानबाट दुईजनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार विशेष सूचनाको आधारमा लहान नगरपालिका– १ स्थित मेरो साइबर एन्ड ट्राभल्स सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ परेका ट्राभल्स सञ्चालक २० वर्षीय विजेन्द्र महतो र उनका सहयोगी २२ वर्षीय प्रमेश्वर महतोविरुद्ध सरकारी छाप लिखत किर्तेसम्बन्धी कसुरको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विनोदकुमार घिमिरेले बताए । 

प्रहरी नायव उपरीक्षक घिमिरेका अनुसार महतोले विभिन्न सरकारी कार्यालयहरूको छाप, लेटरप्याड तथा प्रमुख जिल्ला अधिकारीको सहीछापसमेत रहेको सवारी पास बनाई लकडाउन अवधिमा बिक्री–वितरण गरेको पाइएको छ ।

प्रजिअको सही छापसमेत किर्ते गरी बिक्री गरेको खुलेपछि प्रहरीले साइबरबाट एक थान ल्यापटप, एक थान रंगीन प्रिन्टर, पेनड्राइभ बरामद गरी अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।