१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार ११ बिहीबार ०५:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

धरान अस्पतालमा बिरामीको यो बिजोग

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा बिरामीको भिड, भुइँमै राखेर हुँदै छ उपचार

Read Time : < 1 मिनेट
२०७७ असार ११ बिहीबार ०५:४८:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको घुइँचो बढेको छ । अस्पतालको क्षमताभन्दा बढी बिरामी आउन थालेपछि आकस्मिक कक्षको भुइँमै राखेर उपचार भइरहेको छ ।

आकस्मिक कक्षको क्षमता ७० बिरामीको मात्रै हो । तर, १ असारदेखि दैनिक औसत एक सय २० बिरामी आइरहेको अस्पतालको आकस्मिक विभाग प्रमुख डा. ज्ञानेन्द्र मल्लले बताए । भिड बढेपछि अप्रेसन गर्नुपर्ने बिरामीलाई समेत भुइँमै राखेर उपचार गर्ने गरिएको छ । एपेन्डिक्सको समस्या भएर भोजपुरबाट आएकी शिवकुमारी भुजेललाई भुइँमै राखेर उपचार भइरहेको छ । ‘बेड छैन भनेर भुइँमै बिरामीलाई राखिएको छ । अप्रेसन गर्नुपर्छ भनेको छ । तर, अत्तोपत्तो छैन,’ शिवकुमारीकी बुहारीले भनिन् । 

एचआइभी, टिबीलगायतका संक्रमणजन्य रोगका बिरामीलाई छुट्टै कोठामा राखेर उपचार गर्नुपर्ने भए पनि स्थान अभावले सबै बिरामीलाई एकैठाउँमा राखेर उपचार भइरहेको छ । बाध्यतावश त्यस्तो गर्नुपरेको आकस्मिक विभागले जनाएको छ । अस्पतालले अकस्मिक कक्षको क्षमता बढाउन ४० बेडको नयाँ भवन पनि बनाउँदै छ । तर, निर्माण पूरा भएको छैन ।