१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १० बुधबार १९:०५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

पूर्वराजा ज्ञानेन्द्रले भने : स्वाभिमान कमजोर भयो, आफ्नै पद्धतिमा फर्कौं 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १० बुधबार १९:०५:००

पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा जातियता, वर्गीयता र क्षेत्रीयताको संकीर्ण दुर्भावना फैलिएको भन्दै सरकारप्रति चार प्रश्न गरेका छन् । बुधवार बक्तव्य जारी गरि पूर्वराजा शाहले बदलिँदो विश्व व्यवस्था बुझेर आफ्नै पद्धतिमा फर्किनु पर्नेमा जोड दिएका छन् । उनले आफ्नो पद्धति के हो भन्ने चाहि प्रष्टाएका छैनन् । 

पूर्वराजाले भनेका छन्, ‘बदलिँदो विश्व व्यवस्थालाई बुझेर अब हामीले हाम्रो आफ्नो प्रकृति, रिति सँस्कृति र पद्धतितिर फर्कनु जरुरी देखिन्छ । यसबाट नै हाम्रो स्वाभिमान र स्वाबलम्बनको परिपाटी फेरि कायम हुन्छ ।’ केही दशक अघिसम्म आफ्नै गौरव गाथा, मौलिक मान्यता र आर्थिक क्षमतामा उभिएको देशको शिर फेरि ठाडो पार्नु परेको उनको भनाइ छ । उनले आरोपप्रत्यारोप वा निषेध र प्रतिशोधको भावना नराख्न पनि सबैमा आह्वान गरेका छन् । उनले भनेका छन्, ‘नेपाल राष्ट्रको एकीकरण, नेपालको स्वाधिनताको संरक्षण र सर्बतोमुखी विकासको चिन्तन कहिले, कसले र कोबाट भयो, त्यो आमहेक्काको बिषय भैसक्यो । त्यस्तो गौरवमय इतिहासलाई स्वीकार गरेर जानसक्नु पर्छ ।’

उनले अहिले मुलुकमा विभिन्न प्रश्न उब्जिएको भन्दै चिन्ता र चासो व्यक्त गरेका छन् । ‘हाम्रो देशभक्ति, स्वाधिन स्थिति र स्वाभिमानमाथि बारम्बार किन प्रश्न, सन्देह र बिबाद विग्रह उत्पन्न हुन्छ ?’ पूर्व राजा शाहले प्रश्न गरेका छन्, ‘जनताको सुरक्षा, स्वास्थ्य, जिविकाका बिषयमा किन अलमल, असन्तोष र आक्रोस उठिरहन्छ ? रोगको महामारी, राष्ट्रियताको संकट, सीमा समस्या, राष्ट्रहितविरुद्धका सन्धी सम्झौता तथा हत्या हिंसा र आत्महत्या जस्ता जल्दाबल्दा दुःखद बिषयमा पनि किन सधैँभरि विवाद आइरहन्छ ?’ पूर्वराजाले भ्रष्टाचार, लापरबाही, पक्षपात र भेदभावका कुरा किन दिनहुँ उठिरहन्छ भनेर पनि प्रश्न गरेका छन् । उनको थप प्रश्न छ, ‘यस्ता यावत बिषयलाई लिएर हाम्रा होनाहार युवाहरु तमाम देशभक्त स्वतन्त्र नागरिकहरु सडक संघर्षमा किन उत्रिरहनु पर्ने अवस्था सिर्जना भइरहन्छ ? पूर्वराजाले मुलुकमा जातीयता, बर्गीयता र क्षेत्रीयताका संकिर्ण दुर्भावनाले राष्ट्रियता र ऐतिहासिक राष्र्टिय अस्मितालाई राम्रो नगर्नेसमेत उल्लेख गरेका छन् । 

पूर्वराजा शाहले विदेशबाट कोभिड–१९ को महामारीले पारेको समस्याका कारण स्वदेश फर्केकाहरुको श्रम, सिप र सामथ्र्यको सदुपयोग गर्नुपर्ने र देशभित्रै इलम, उद्यम र कामधन्दाको व्यवस्था मिलाउनु पर्नेमा पनि जोड दिएका छन् ।