१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी मुम्बई
२०७७ असार १० बुधबार १५:३७:००
Read Time : < 1 मिनेट
सप्तरंग

कोरोना संकटकै बीच बलिउडमा दुई टिभी धारावाहिककाे छायांकन सुरू

Read Time : < 1 मिनेट
एजेन्सी मुम्बई
२०७७ असार १० बुधबार १५:३७:००

कोरोना भाइरसको डरले लामो समयदेखि बलिउडमा फिल्म र धारावाहिकको सुटिङ रोकियो । धेरै धारावाहिकले याे अवधिमा पुराना एपिसाेड दाेहाेर्याएका छन् ।

तर, केही धाराबाहिकले आफ्नो नियमित सुटिङ सुरु गरेकाे भारतीय संचारमाध्यमले जनाएकाे छ ।

रश्मि शर्मा टेलिफिल्म्सको टिभी सो ‘प्यार की लुका छुपी’ र ‘शक्ति–अस्तित्व के एहसास’ को सुटिङ मंगलबारदेखि सुरु भएको हाे । 

सुटिङमा कोरोनाबाट बच्नका लागि लागू गरिएको सबै सरकारी निर्देशनको पालना गरिएको उल्लेख छ । कोरोनाको कहर र लकडाउनले बलिउडका सबै फिल्म र धारावाहिकको सुटिङ बन्द थियो ।

यी दुई धारावाहिकको मुम्बईमा सुटिङ सुरु हुनुले अब अन्यले पनि सुरु गर्न सक्ने संकेत दिएको छ । 

कलाकार र कर्मचारीलाई स्वास्थ्य सुरक्षाको पुख्ता प्रवन्ध गरेर काममा लगाइएको, सुटिङ सेटमा उपस्थित हुने सबैलाई पिपिई, सेटलाई बेलाबेलामा सेनिटाइज्ड र सामाजिक दूरीलाई पनि कायम गरिएको समाचारमा उल्लेख छ । 

प्यार की लुका छुपी धाराबाहिककी अभिनेत्री अपर्णा दीक्षितले सेटमा पुग्ने वित्तिकै शरिरको तापक्रम जाँच्ने र पिपिई लगाइदिने गरेको बताइन् । उनका अनुसार सबैलाई मास्क अनिवार्य गरिएको छ ।