१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार १० बुधबार १३:१३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रतिपक्षको विरोधका कारण सुदूरपश्चिम प्रदेश सभा बैठक अवरुद्ध

Read Time : < 1 मिनेट
२०७७ असार १० बुधबार १३:१३:००

सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रतिपक्षी दलको विरोधले अवरुद्ध भएको छ । कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकारको काम प्रभावकारी नभएको भन्दै प्रतिपक्षीले संसद अवरुद्ध गरेका हुन् ।
 
प्रदेश सभामा प्रमुख प्रतिपक्षी कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीका प्रदेश सभा सदस्यहरूले उठेर विरोध जनाएपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित भएको घोषणा गरे । सुदूरपश्चिममा कोरोना रोकथाममा प्रभावकारी काम गर्न नसकेको विरोधमा बैठक अवरुद्ध गरिएको कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले बताए ।

प्रदेशमा पिसिआर परीक्षणको दायरा विस्तार गर्न नसकेको, क्वारेन्टाइनमा बसेकालाई पिसिआर परीक्षणविनै घर पठाउने गरिएको भन्दै आपत्ति जनाए । कोरोना नियन्त्रणमा प्रदेशले मात्रै ५७ करोडभन्दा बढी खर्च गरे पनि संक्रमण नियन्त्रणमा ठोस काम हुन नसकेको उनले बताए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा पनि पिसिआरबाट परीक्षण सुविधा विस्तार गर्नुपर्ने, क्वारेन्टाइनमा बसेकाहरूलाई पिसिआर जाँच गरेर मात्र घर पठाइनुपर्ने, क्वारेन्टाइनको उचित व्यवस्थापन गरिनुपर्ने माग प्रतिपक्षीले गरेका छन् । 

कोरोना संक्रमणको नियन्त्रणमा प्रदेशले खर्च गरेको ५७ करोडको पारदर्शी विवरण सार्वजनिक गर्नुपर्ने माग पनि प्रतिपक्षीले गरेका छन् ।  बुधबारको बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि छलफल सुरु गर्ने कार्यतालिका थियो । प्रदेशले १ असारमा बजेट सार्वजनिक गरे पनि रातो किताब छाप्न भएको ढिलाइले प्रदेश सभामा बजेटमाथिको छलफल सुरु हुन सकेको थिएन । अर्को बैठक १२ असार बिहान ८ बजे बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ ।