मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १० बुधबार १२:४५:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

विश्वभर कोरोना संक्रमित एक करोड पुग्ने तरखरमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १० बुधबार १२:४५:००

विश्वमा महामारीका रूपमा फैलिएकाे कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड छुने तरखरमा पुगेको छ । 

यो समाचार तयार पर्दासम्म विश्वमा ९३ लाख ६० हजार सात सय ५८ जना कोरोनाबाट संक्रमित हुन पुगेका छन् । 

पछिल्लो समय देखिएको संक्रमणको दर र गति हेर्दा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड नाघ्ने निश्चितप्रायः देखिएको हो । 

यसरी कोरोना संक्रमण हुनेहरूमध्ये ५० लाख ४६ हजार सात सय ६७ जना निको भई घर फर्किएका छन् । 

चार लाख ७९ हजार आठ सय ९६ जनाको भने निधन हुन पुगेको छ । 

सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् भने निधन हुनेको संख्या पनि अमेरिकामा नै बढी देखिएको छ । 

अमेरिकामा हालसम्म २४ लाख २४ हजार चार सय ९२ जना कोरोनाबाट संक्रमित हुन पुगेका छन् । त्यसमध्ये एक लाख २३ हजार चार सय ७६ जनाको भने निधन हुन पुगेको छ । 

ब्राजिलमा ११ लाख ५१ हजार चार सय ७९ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ५२ हजार सात सय ७१ जनाको निधन भएको छ । 

रुसमा पाँच लाख ९९ हजार सात सय पाँचजनामा कोरोना संक्रमण फैलिएको छ । जसमध्ये आठ हजार तीन सय ५९ जनाको निधन हुन पुगेको छ । 

छिमेकी देश भारतमा हालसम्म चार लाख ५६ हजार पाँच सय ५२ जना कोरोना संक्रमित हुन पुगेका छन् । त्यसमध्ये १४ हजार चार सय ८३ जनाको निधन कोरोना संक्रमणबाट भएको छ । 

बेलायतमा हालसम्म तीन लाख ६ हजार दुई सय १० जना कोरोनाबाट संक्रमित हुन पुगेका छन् । त्यसमध्ये ४२ हजार नाै सय २७ जनाको निधन हुन पुगेको छ ।