१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ असार १० बुधबार ११:०४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कञ्चनपुरका दुई स्वास्थ्यकर्मीसहित नाैजनामा कोरोना पुष्टि

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ असार १० बुधबार ११:०४:००

कञ्चनपुरकाे बेदकोट नगरपालिकामा कार्यरत दुई स्वास्थ्यकर्मीसहित नाैजनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

योसँगै पछिल्लो २४ घन्टामा कञ्चनपुरमा थप १० जना कोरोना संक्रमित बढेका छन् । बेलौरी नगरपालिकाका एक पुरुष, बेदकोट नगरका दुई स्वास्थ्यकर्मी र सातजना भारतबाट आएकाहरूमा कोरोना संक्रमण देखिएको हो । 

यसअघि कञ्चनपुरको पुनर्वासका दुई र लालझाडीका एक स्वास्थ्यकर्मीमा समेत संक्रमण देखिएको थियो । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जाेशीले संक्रमण पुष्टि भएका सबैलाई आइसाेलेसनमा राखेर उपचार थालिएकाे बताए ।