१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १० बुधबार ०६:२१:००
Read Time : < 1 मिनेट
समाचार

पिसिआर परीक्षणपछि मात्र संक्रमितलाई घर पठाउनू : सर्वोच्च

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १० बुधबार ०६:२१:००

सर्वोच्च अदालतले कोरोना संक्रमितलाई निश्चित समय आइसोलेसनमा राखेपछि अन्तिम परीक्षण नगरी घर पठाउने कार्य रोक्न आदेश दिएको छ । सोमबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले यस्तो आदेश दिएको हो । 

आइसोलेसनमा रहेका बिरामीको संख्या र सरकारको परीक्षण क्षमता हेर्दा आइसोलेसनमा रहेका बिरामीहरूको पुनः पिसिआर गर्न सकिँदैन भन्ने नदेखिएकोसमेत सर्वोच्चले ठहर गरेको छ ।  

सरकारले जारी गरेको कोभिड–१९ को परीक्षणसम्बन्धी निर्देशिका संविधानसँग बाझिएको हुनाले कार्यान्वयन नगर्न रिटमा माग गरिएको थियो ।