Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ९ मंगलबार १६:३१:००
Read Time : < 1 मिनेट
अर्थ

सरकारले फेरि थाल्यो विद्युतीय बस खरिद गर्ने प्रक्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ९ मंगलबार १६:३१:००

साझा यातायातलाई दिएको तीन अर्ब रुपैयाँ फिर्ता लिएको पाँच महिनापछि सरकारले विद्युतीय बस खरिद प्रक्रिया सुरु गरेको छ । 

सरकारले सोमबार एक सार्वजनिक सूचना निकालेर विद्युतीय बसको उत्पादक र आपूर्तिकर्ता कम्पनीसँग ‘जानकारी’ मागेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सूचना जारी गर्दै जुलाई १ सम्ममा आफूसँग उपलब्ध विद्युतीय बसबारे विस्तृत जानकारी दिन भनेको हो ।

यो जानकारी लिएपछि उपयुक्त स्पेसिफिकेसन बनाएर विद्युतीय बस खरिद गर्ने योजना मन्त्रालयको छ । 

मन्त्रालयले तयार गरेको एक फर्म्याटमा बस उत्पादक र आपूर्तिकर्ताले जानकारीहरू दिनुपर्नेछ ।

त्यसरी जानकारी लिएपछि उपयुक्त स्पेसिफिकेसनको बसका लागि बोलपत्र आह्वान गर्ने योजना रहेको मन्त्रालयका एक अधिकारीले बताए ।

सरकारले सार्वजनिक प्रयोजनमा तीन सयवटा बिजुली बस किन्नका लागि गत वर्ष नै तीन अर्ब रकम छुट्याएको थियो ।

साझा यातायातले स्पेसिफिकेसन बनाउँदाबनाउँदै ढिलाइ गरेको अभियोग लगाएर गत माघको पहिलो साता बसेको मन्त्रिपरिषद् बैठकमार्फत रकम ब्याजसहित फिर्ता मागिएको थियो ।

त्यसपछि बस किन्ने जिम्मेवारी यातायात मन्त्रालयलाई दिइएको थियो । 

बन्दै गरेको स्पेसिफिकेसन शंकास्पद भएको भन्दै सरकारले बस किन्ने प्रक्रियाबाट साझालाई हटाएको थियो ।