Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार ९ मंगलबार १६:१२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

प्रदेश १ सरकारद्वारा कोरोना रोकथाम र नियन्त्रणमा करिब २६ करोड खर्च भएको विवरण सार्वजनिक

Read Time : > 1 मिनेट
२०७७ असार ९ मंगलबार १६:१२:००

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा प्रदेश १ सरकारले २५ करोड ८३ लाख खर्च गरेको जानकारी गराएको छ । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार कोरोना रोकथाममा भएको खर्च सार्वजनिक गर्न माग गर्दै प्रदेश संसद् बैठकमा अवरोध पुऱ्याएपछि मंगलबार प्रदेश १ सरकारले संसदमा खर्च सार्वजनिक गर्दै हालसम्म २५ करोड ८३ लाख ९३ हजार खर्च भएको जानकारी गराएको हो । 

प्रदेश सभामा बजेट अधिवेशनको मंगलबारको बैठकमा प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सरकारले प्रदेश जनसुरक्षा कोषबाट  १९ करोड ८२ लाख ७१ हजार र बाँकी सम्बन्धित मन्त्रालय र नेपाल सरकारबाट आएको रकमबाट खर्च भएको जानकारी गराए । 

प्रदेश १ सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि स्थापना गरेको जनसुरक्षा कोषमा २९ करोड ५१ लाख ७३ हजार रकम जम्मा भएको थियो ।   

उक्त कोषबाट  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को  कार्यालयले ५० लाख भौतिक पूर्वाधार विकास मन्त्रालयले दुई करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १५ करोड ३४ लाख र  सामाजिक विकास मन्त्रालयले दुई करोड ४८ लाख खर्च गरेका छन् । 

यसबाहेक सामाजिक विकास मन्त्रालयले आफ्नो नियमित बजेटबाट तीन करोड ३० लाख  र संघीय सरकारले उपलब्ध गराएको दुई करोड २० लाख पनि कोरोना रोकथाममा खर्च भएको छ । 

सबै खर्चको विवरण प्रदेश लेखा नियन्त्रक कार्यालयको परीक्षणपछि सार्वजनिक गर्ने सरकारका प्रवक्ता मन्त्री कार्कीले बताए ।  

प्रदेश १ सभामा मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक गर्न माग गर्दै संसद् बैठकमा अवरोध पुऱ्याएको थियो ।

कांग्रेसले प्रदेश सरकारका मुख्यमन्त्रीले कोरोना रोकथामको खर्च पारदर्शी छ भनेर सञ्चारमाध्यममा मात्र भन्ने गरेको भन्दै संसदमा यसको जानकारी दिन माग गर्दै आएका थिए ।