मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस/एएफपी जेनेभा
२०७७ असार ९ मंगलबार १४:४७:००
Read Time : < 1 मिनेट
विश्व

विश्व व्यापारमा करिब १९ प्रतिशत गिरावट

Read Time : < 1 मिनेट
रासस/एएफपी जेनेभा
२०७७ असार ९ मंगलबार १४:४७:००

कोरोना भाइरसको महामारीका कारण विश्वभरि दोस्रो चौमासिकको व्यापारमा ठूलो गिरावट आएको विश्व व्यापार संगठनले जनाएको छ । 

संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १८.५ प्रतिशतले कमी आएको छ । 

संगठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमानअनुसार कोरोना भाइरसको प्रसार र त्यसलाई रोक्न अपनाइएका लकडाउनसमेतका प्रतिबन्धहरूले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ ।