मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ९ मंगलबार १४:११:००
Read Time : < 1 मिनेट
समाचार

नागरिकता विधेयकले मधेसमाथि ठूलो प्रहार भएको सांसद प्रदीप यादवको ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ९ मंगलबार १४:११:००

वैवाहिक अंगीकृतका लागि सात वर्षपछि मात्र नागरिकता दिने प्रावधान राखेर मधेसमाथि ठूलो प्रहार भएको सांसद प्रदीप यादवले बताएका छन् । 

यो निर्णयलाई सच्याउन पनि उनको आग्रह छ । 

मधेसीमाथि लक्षित गरी नेकपा सरकारले यस्तो गरेको यादवले आरोप लगाए । 

उनले भने, ‘मधेसमाथि ठूलो प्रहार भएको छ । भारतबाट आउने चेलीका लागि सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने रे । अन्यायपूर्ण निर्णय राज्य व्यवस्था समितिले गरेको छ । नेपाल मधेस र बिहार, युपीमा नागरिक सम्बन्ध छ । सांस्कृतिक, पारिवारिक, धार्मिक सम्बन्ध छ । यो नेपाल र भारतको निर्माण हुनुभन्दा अघिको सम्बन्ध हो । कुनै देशको राज्यले यो सम्बन्ध स्थापना गरेको हाेइन । युगौँदेखि चल्दै आएको सम्बन्धमाथि ठूलो प्रहार भएको छ । अहिले पनि वेला छ, निर्णय सच्याउन आग्रह गर्छु । जुन प्रकारले मधेसीमाथि टार्जेट गरेर नेकपा सरकारले यस्तो गरेको छ यसले मधेसलाई विभेद गर्दछ । यस्तो प्रकारले राष्ट्रिय एकताको सन्देश जान सक्दैन ।’

उनले भने, ‘भारतीय चेलिबेटीलाई सात वर्ष वेटिङमा राख्ने । विवाह गरेर आएको एक वर्षमा बच्चा जन्मिन्छ । विनानागरिकता सीमकार्ड पनि पाइँदैन । लोकसेवाको फर्म पनि भर्न पाइँदैन । अनि ऊ सात वर्षमा के गर्छ ?’