मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार ९ मंगलबार ११:१०:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना संवेदनशीलता नअपनाउने व्यापारीलाई कारबाहीको चेतावनी

Read Time : < 1 मिनेट
२०७७ असार ९ मंगलबार ११:१०:००

जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना संवेदनशीलता नअपनाई व्यापार–व्यवसाय गर्ने जोकोहीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।  लकडाउन खुकुलो भएपछि भिडभाड बढी हुन थालेपछि प्रशासन, सरोकारवाला निकाय, उद्योग वाणिज्य संघलगायतले यस्तो चेतावनी दिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।

उनले भने, ‘प्रत्येक व्यापारीले आफ्नो पसल, उद्योगअगाडि ढोकामा डोरीको बार लगाउने, दुई मिटरको व्यक्तिगत दूरी कायम गर्ने, स्यानिटाइजर, मास्क अनिवार्य प्रयोग गर्नुपर्नेछ ।’ त्यसैगरी अनावश्यक मानिसहरूको भिडभाड नगर्ने, अत्यावश्यक काम परेका व्यक्तिहरू मात्रै घरबाहिर निस्कने, सवारीसाधन मोटरसाइकलमा एक व्यक्ति मात्र सवार गर्ने र सार्वजनिक सवारीसाधन सञ्चालन नगर्ने, अटोरिक्सामा दुईजना व्यक्तिबाहेक अरूलाई सवार  नगराउन निर्देशन दिएको छ ।  

कोरोना संवेदनशीलता नअपनाउने, जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड नअपनाउनेलाई स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही हुने पनि चेतवानी दिइएको छ ।