मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार ९ मंगलबार १०:२३:००
Read Time : < 1 मिनेट
समाचार

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार ९ मंगलबार १०:२३:००

सुक्खा पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनीअन्तर्गत पर्ने राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरानजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध बनेपछि सयौँ सवारीसाधन रोकिन पुगेका छन् ।
 
केही दिनयता परेको अविरल वर्षाले जमिन गलेका कारण माथिबाट डाँडो झरेपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।  डोजर प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको उनले बताए । राजमार्गमा झरेको पहिरो हटाउन समय लाग्ने देखिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । रासस