मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार ९ मंगलबार १०:१०:००
Read Time : < 1 मिनेट
सेयर बजार

अजोड इन्स्योरेन्स र साधना लघुवित्तलाई आइपिओ निष्कासनका लागि अनुमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार ९ मंगलबार १०:१०:००

नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई आइपिओ निष्कासन तथा बिक्री गर्न अनुमति दिएको छ  ।  

बोर्डले अजोड इन्स्योरेन्स कम्पनी र साधना लघुवित्त वित्तीय संस्थालाई असार ७ गतेबाट आइपिओ निष्कासन गर्नका लागि अनुमति दिएको छ ।

बोर्डबाट अनुमति पाएको साधना लघुवित्तले सात करोड सात लाख ८० हजार रुपैयाँबराबरको सात लाख  सात हजार आठ सय कित्ता आइपिओ निष्कासन गर्न लागेको हो ।  इक्रा नेपाल लिमिटेडले कम्पनीको आइपिओलाई ग्रेड चार रेटिङ दिएको छ ।

यस रेटिङले कम्पनीको आधारभूत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ । आइपिओ बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार पुग्नेछ  ।

आइपिओ निष्कासनका लागि कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । 

त्यस्तै अजोड इन्स्योरेन्सले ३० करोड रुपैयाँबराबरको ३० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासनका लागि एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ भने ग्लोबल आइएमई क्यापिटल  र कुमारी क्यापिटलले अजोड इन्स्योरेन्सको आइपिओको प्रत्याभूति गरेका छन्  ।

इन्स्योरेन्सको चुक्ता पुँजी ७० करोड रहेको छ । सर्वसाधारणहरूलाई सेयर निष्कासन गरी बाँडफाँड गरेपश्चात् कम्पनीको चुक्ता पुँजी एक अर्ब हुनेछ । 

त्यसैगरी, जनरल इन्स्योरेन्स कम्पनीले आइपिओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको छ ।

कम्पनीले ३० लाख कित्ता आइपिओ निष्कासनका लागि निवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।