मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार ९ मंगलबार ०६:५०:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

महामारीकाे समयमा सार्वजनिक शौचालय प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार ९ मंगलबार ०६:५०:००

-सार्वजनिक शौचालय पनि कोरोना भाइरस प्रसारको जोखिम क्षेत्र भएकाले सावधानी अपनाउन विज्ञहरूले सल्लाह दिँदै आएका छन् ।

-सार्वजनिक शौचालयमा धेरैले प्रयोग गर्ने ट्वाइलेट पेपर, धारा, फ्लस, ढोकाको चुकुल छोएपछि साबुनपानीले मिचीमिची हात धुन विज्ञको सुझाब छ ।

-बन्द शौचालयभित्र भाइरसयुक्त छिटाहरू रहिरहन्छन् । त्यसैले समय–समयमा सार्वजनिक शौचालयलाई डिसइन्फेक्टेन्टबाट सफाइ गर्नुपर्छ ।

-स्वास्थ्यविज्ञहरूले सावधानी अपनाएर सार्वजनिक शौचालय प्रयोग गर्न सकिने बताएका छन् ।

-संक्रमितको दिशामा भाइरसको जिन भेटिए पनि त्यसबाट संक्रमण फैलिन सक्ने प्रमाण पाइएको छैन । ज्येष्ठ नागरिक, दीर्घरोगीलगायत कोभिड–१९ को जोखिम समूहले सार्वजनिक शौचालय प्रयोगमा बढी सावधानी अपनाउनुपर्ने स्वास्थ्यविज्ञहरूको भनाइ छ ।

-शौचालयका ढोकाका ह्यान्डल स्टिलका हुन्छन् । स्टिलमा करिब तीन दिनसम्म कोरोना भाइरस जीवित रहन सक्ने हुनाले विज्ञले सावधानी अपनाउन आग्रह गरेका हुन् । तर, त्यसरी ह्यान्डल छोएपछि साबुनपानीले राम्रोसँग हात धुँदा भाइरस शरीरमा फैलिने जोखिम नहुने उनीहरूको भनाइ छ ।

-सार्वजनिक शौचालय प्रयोगका क्रममा हातमा पन्जा लगाउँदा भाइरसको जोखिम नहुने चिकित्सकको भनाइ छ ।

-कोरोना संक्रमितलाई अलग्गै शौचालयको व्यवस्था मिलाउन चिकित्सकले आग्रह गर्नुको कारण पनि भाइरस अरूमा नसरोस् भनेर नै हो ।

-विज्ञान जर्नल ‘फिजिक्स अफ फ्लुइड्स’मा १५ जुनमा प्रकाशित रिपोर्टअनुसार सार्वजनिक शौचालयलाई बारम्बार सफाइ गर्नु जरुरी छ । त्यसो गर्दा भाइरस प्रसारको जोखिम कम हुने रिपोर्टमा उल्लेख छ ।

-शौचालयमा फ्लस गर्दा एरोसोल र ड्रपलेट्स निस्केर हावा नमिसिऊन् भनेर पनि बारम्बार सफा गरिरहनुपर्नेमा रिपोर्टमा जोड दिइएको छ । तर, सार्वजनिक शौचालयको प्रयोगबाट भाइरस फैलिने जोखिम कति बढी छ भन्नेबारे यकिन भइसकेको छैन ।