मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार ७ आइतबार ११:३०:००
Read Time : < 1 मिनेट
प्रदेश

रोशी गाउँपालिकाले दियो ट्राफिक प्रहरीलाई ल्यापटप र प्रोजेक्टर

Read Time : < 1 मिनेट
२०७७ असार ७ आइतबार ११:३०:००

काभ्रेको रोशी गाउँपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपालाई ल्यापटप र प्रोजेक्टर हस्तान्तरण गरेको छ । ट्राफिक नियमसम्बन्धी जनचेतना फैलाउन सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपालाई एक थान ल्यापटप र एक थान प्रोजेक्टर हस्तान्तरण गरेका हाे ।

ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न स्रोतसाधन नभएको अवस्थामा सहयोग गरेको गाउँपालिकाका अध्यक्ष दलबहादुर लामाले बताए । जनताकै सुरक्षामा खटिएका ट्राफिकलाई सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने लामाले बताएका छन् । ‘ट्राफिक प्रहरीलाई प्रभावकारी काम गर्नका लागि स्रोतसाधनको अभाव भएको अवस्थामा त्यसलाई मद्दत पुर्‍याउन गाउँपालिकाबाट सहयोग गरेका हौँ,’ अध्यक्ष लामाले भने, ‘हाम्रै सेवा–सुरक्षाका लागि खटिने ट्राफिक प्रहरीले स्रोधसाधन पर्याप्त भए मात्र प्रभावकारी सेवा र सुरक्षा दिन सक्छ ।’

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि विद्यालयस्तरमा गएर सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीलाई ट्राफिक नियमको पालनाबारे सचेतना कार्यक्रम गर्ने गरेको छ ।