१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ७ आइतबार ०६:०२:००
Read Time : < 1 मिनेट
अर्थ

यामाहाले ल्यायो शून्य प्रतिशत फाइनान्स स्किम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ७ आइतबार ०६:०२:००

नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रालिले यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा शून्य प्रतिशत फाइनान्स स्किम सुरु गरेको छ । कम्पनीले सामाजिक दूरी र सुरक्षित यात्राको महत्वलाई मध्यनजर गर्दै ‘असहज परिस्थिति, सहज समाधान’ नाम दिइएको योजना ल्याएको हो । 

योजनाअन्तर्गत ग्राहकले तीन वर्ष अवघिका लागि शून्य प्रतिशत डाउन पेमेन्टमा यामाहाका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्न सक्ने जनाइएको छ । साथै, ग्राहकले शून्य प्रतिशत ब्याजदरमा यामाहाका दुईपांग्रे खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । 

यसका साथै यामाहाले आफ्ना सबै उत्पादनहरूमा १० हजार रुपैयाँ नगद छुट दिने घोषणा गरेको छ । यामाहाले डिजिटल प्लाटफर्मका माध्यमबाट मोटरसाइकल तथा स्कुटर बुकिङको सुरुवातसमेत गरेको उनले बताए ।