मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ७ आइतबार ०८:२९:००
Read Time : < 1 मिनेट
सेयर बजार

सेयर बजार खुल्ने अझै अनिश्चित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ७ आइतबार ०८:२९:००

गत चैत १० गतेदेखि बन्द रहेको नेपाली सेयर बजार खोल्ने मिति अझै टुंगो लागेको छैन । लकडाउन अवधिभर धितोपत्रको दोस्रो बजारको कारोबार साबिकबमोजिम बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन आएपछि सेयर थप बन्द गरेको बोर्डले जनाएको छ । 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडको असार ६ गते बसेको सञ्चालक समितिको बैठकले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियमअनुसार नेपाल धितोपत्र बोर्डबाट अर्को निर्देशन प्राप्त नभएसम्मका लागि असार ७ गतेदेखि दोस्रो बजार स्थगन गरेको सूचना दिएको छ । यसअनुसार दोस्रो बजारमार्फत सेयर कारोबार कहिले हुन्छ भन्ने अन्योल छ । 

दोस्रो बजार बन्द भए पनि प्राथमिक बजार आइपिओ, हकप्रद सेयरमा आवेदन दिन भने खुला छ । कम्पनीहरूले वार्षिक र विशेष साधारणसभा पनि बोलाइरहेका छन् । लगानीकर्ताको माग सम्बोधन नभई बजार खोल्ने पक्षमा बोर्ड नरहेको देखिन्छ ।