मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार ६ शनिबार १६:३५:००
Read Time : < 1 मिनेट
समाचार

हुम्लाको हिल्सा नाकामा बिओपी स्थापना    

Read Time : < 1 मिनेट
२०७७ असार ६ शनिबार १६:३५:००

चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएको छ । नाम्खा गाउँपालिका– ५को हिल्सा नाका र  चीनको  सीमानाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ । चिनियाँ सीमा हिल्सा नाकामा ६ नम्बर महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक इन्जिनियर प्रजाभक्त श्रेष्ठले स्थापना गरेका हुन् । घर भाडामा लिएर  सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट  (बिओपी) स्थापना गरिएको छ ।

हिल्सा नाकामा  सशस्त्र प्रहरीको इन्स्पेक्टरको नेतृत्वमा २५ जना टोली खटिने प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए । शनिबार हिल्सा नाकामा औपचारिक रूपमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बिओपी स्थापना भएको प्रमुख जिल्ला अधिकारी गिरीले बताए ।

बिओपीले सीमा सुरक्षासँगै सीमामा हुने अन्य आपराधिक र गैरकानुनी गतिविधिको पनि निगरानी गर्ने प्रजिअ गिरीको भनाइ छ । सशस्त्र प्रहरी ४४ नम्बर गुल्म हुम्लाबाट इन्स्पेक्टरको नेतृत्वमा २५ जनाको बिओपी टोली हिल्सानाकामा सीमा सुरक्षा बस्ने भएको छ । गत जेठ ११ गते सशस्त्र प्रहरी ४४ नम्बर गुल्मका प्रहरी नायव उपरीक्षक मोहन विष्टको नेतृत्वमा टाेली चार हजार मिटरको अग्लो नारा लेक हिउँ छिचोलेर व्यवस्था गर्न हिल्सानाका पुगेकाे थियाे । स्थायी पूर्वाधार तयार नहुँदासम्म सशस्त्र प्रहरीको टोली हिल्सा नाकामा घर भाडा लिएर बस्नेछ । बिओपीको भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गरेर भवन निर्माण गर्ने  बताइएकाे छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गर्न ६ नम्बर महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक इन्जिनियर प्रजाभक्त श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी, प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन विष्ट, राष्ट्रिय अनुसन्धानका डिएसपी सञ्जीवकुमार चौधरीलगायत हिल्सा नाका पुगेका थिए  ।