१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असार ५ शुक्रबार १९:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

उपत्यकामा जोर–बिजोर नियममा थप कडाइ, एकैदिन १३ सय सवारीसाधन समातिए

Read Time : < 1 मिनेट
२०७७ असार ५ शुक्रबार १९:१५:००

काठमाडौं उपत्यकामा लागू भएको जोर–बिजोर प्रणालीमा ट्राफिक प्रहरीले थप कडाइ गरेको छ । सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न गरेको लकडाउनको नयाँ मोडालिटीअनुसार निजी सवारीमा जोर–बिजोर प्रणाली लागू गरे पनि पूर्ण पालना नभएको गुनासो बढेपछि प्रहरीले कडाइ गरेको हो । 

ट्राफिक प्रहरीले उपत्यकामा गत ३० जेठदेखि हालसम्म जोर–बिजोर प्रणाली उल्लंघन गर्ने १२ हजार पाँच सय ८२ वटा सवारीसाधन नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । 

शुक्रबार मात्रै एक हजार तीन सय ५८ वटा सवारीसाधन प्रहरीले समातेको छ । जसमध्ये नौ सय ४८ वटा दुईपाङ्ग्रे, दुई सय ४७ वटा भाडाका ट्याक्सी र एक सय ६३ वटा साना तथा ठूला सवारी छन् । विभिन्न बाहनामा सवारीसाधन चलाउनेको संख्या वृद्धि भएपछि ट्राफिक प्रहरीले जाँचसमेत बढाएको छ ।

महाशाखाले आमनागरिकलाई सचेतना जगाउन, सामाजिक दूरीको पालना गराउन तथा सवारीसाधनहरूमा हुने भिडभाड कम गराउनका लागि सजगता र सचेतनाका लागि उपत्यकाको मुख्य–मुख्य चोकहरूमा प्लेकार्डमार्फत सचेतना दिइरहेको छ भने जोर–बिजोर प्रणालीको पूर्णपालना गराउन चेकप्वाइन्टहरू राखी थप कडाइ गरिरहेको एसएसपी ढकालले बताए । 

हालसम्म लकडाउन कार्यान्वयनमा आमनागरिकले पुऱ्याएको सहयोगप्रति आभार व्यक्त गर्दै अत्यावश्यक सेवा र कामबाहेक सवारीसाधन नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कनसमेत ट्राफिक प्रहरीले आग्रह गरेको छ ।