मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
२०७७ असार ५ शुक्रबार १४:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

रुकुम घटनाका पीडित परिवारलाई प्रतिपरिवार एक–एक लाख राहत दिइने

Read Time : < 1 मिनेट
२०७७ असार ५ शुक्रबार १४:४२:००

कर्णाली प्रदेश सरकारले रुकुमपश्चिम चौरजहारी– ८ सोती घटनामा मृत्यु भएका ६ जनाका परिवारलाई क्षतिपूर्तिस्वरूप एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ । 

१ असारमा बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले रुकुम पश्चिम चौरजहारी घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो ।

रुकुम पश्चिम चौरजहारी घटनाका पीडितलाई तत्काल राहत होेस् भनेर पीडितका प्रतिपरिवारलाई प्रदेश सरकारले एक–एक लाखका दरले राहत दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् । 

‘रुकुम पश्चिममा दुःखद घटना भयो,’ उनले भनिन्, ‘पीडित परिवारलाई केही परिपूरण होस् भनेर प्रतिपरिवार एक लाखका दरले राहत दिने प्रदेश सरकारले निर्णय गरेको छ ।’  

त्यस्तै, कर्णाली प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७७ प्रदेश सभामा पेस गर्न स्वीकृति दिने र प्रदेश निजामती सेवा पुरस्कारसम्बन्धी मापदण्ड तथा कार्यविधि २०७७ स्वीकृत गर्ने निर्णयसमेत गरेको प्रवक्ता केसीले जानकारी दिइन् ।

भौतिक पूर्वाधार विकास कार्यालयको कार्यालय प्रमुख पदमा योग्यता पुगेका इन्जिनियरिङ सेवा र सिभिल समूहअन्तर्गतका जुनसुकै उपसमूहका कर्मचारी जान पाउने गरी खुला गर्ने निर्णयसमेत प्रदेश सरकारले गरेको छ ।