मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ५ शुक्रबार ०६:०१:००
Read Time : < 1 मिनेट
अर्थ

सुजुकीले ल्यायो छुट, एक्सचेन्ज र फाइनान्सको योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ५ शुक्रबार ०६:०१:००

सुजुकी मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता भिजी अटोमोबाइल्सले ‘उतारचढाव आइरहन्छ, सुजुकीको साथ रहिरहन्छ’ भन्ने नाराका साथ योजना ल्याएको छ । कम्पनीले कोभिड–१९ को त्रास फैलिएको समयमा आफ्ना ग्राहकका लागि यस्तो योजना ल्याएको हो । 

योजनाअन्तर्गत सुजुकी ब्रान्डका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा १५ हजार रुपैयाँ छुटका साथै एक्सचेन्ज र फाइनान्स सुविधा उपलब्ध गराउने योजना ल्याएको जनाइएको छ ।

कम्पनीले ग्राहकको सुविधालाई मध्यनजर गर्दै पुराना तथा चालू अवस्थाका कुनै पनि बाइक एक्सचेन्ज गर्न सकिने तथा बाइक किन्दा फाइनान्सको सुविधा पनि रहेको जनाएको छ । योजना असार १ देखि ३१ सम्म देशभर लागू हुने कम्पनीले जानकारी दिएको छ ।