मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार ४ बिहीबार १५:२६:००
Read Time : < 1 मिनेट
समाचार

युद्ध रोक्न माग गर्दै चिनियाँ र भारतीय दूतावासअगाडि अधिकारकर्मीहरूकाे धर्ना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाै‌
२०७७ असार ४ बिहीबार १५:२६:००

युद्ध रोक्न र शान्तिलाई विस्तार गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजका अधिकारकर्मीहरूले भारतीय र चिनियाँ राजदूतावासअगाडि धर्ना दिएका छन् । 

भारत र चीनबीच सीमा विवाद चर्किँदै गएको र दुई देशका सेनाबीच भिडन्त हुँदा युद्ध बढ्ने सम्भावनालाई रोक्न माग गर्दै उनीहरूले बिहीबार दूतावासअगाडि धर्ना दिएका हुन् । 

मानव अधिकार तथा शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीले चिनियाँ राष्ट्रपति र भारतीय प्रधनमन्त्रीसमक्ष उत्तेजनालाई नबढाउन, समझदारीलाई विस्तार गर्न, वार्ताबाट समाधान खोज्न र युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न दबाब दिन दुवै देशका राजदूतावासअगाडि एकैपटक धर्नामा बसिएको बताए । उनले युद्धले दक्षिण एसियाको शान्ति खल्बलिने र युद्ध कसैले पनि नजित्ने भएकाले युद्ध गर्न प्रोत्साहन गर्नु अपराध हुने बताए । 

अधिकारकर्मीहरूले ‘आवेगमा होइन विवेकको प्रदर्शन गर’, ‘युद्धको कुनै पनि सम्भावनालाई खारेज गर’, ‘समझदारी विस्तार गर’, ‘युद्ध निषेध : शान्ति विशेष’ ‘स्टप वार प्रोमोट पिस’, ‘वार इज क्राइम’लगायत लेखिएका प्लेकार्ड बोकेर धर्ना दिएका थिए । केही दिनयता भारत र चीनबीच सीमा विवाद चर्किएको छ र दुई देशका सेनाबीच भlडन्त हुँदा २० जना भारतीय सेनाको निधन भएको थियो ।