मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार ४ बिहीबार १५:०४:००
Read Time : < 1 मिनेट
समाचार

नागरिकता विधेयकको प्रसंगमा प्रतिनिधिसभामा सांसद रावलले गरे नियमापत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार ४ बिहीबार १५:०४:००

प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकको सवालमा सांसद चन्दा चौधरीले कुरा उठाएपछि सांसद झपट रावलले नियमापत्ति गरेका छन् । 

अहिले नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको छ । रावल राज्य व्यवस्था समिति सदस्य हुन् ।

बिहीबारको संसदमा सांसद चन्दा चौधरीले भनेकी थिइन्, ‘धेरै दिनदेखि राज्य व्यवस्थामा नागरिकताको विषय अड्केको थियो । र, अस्तिदेखि मिटिङ सुरु भएको छ । संविधानमा संघीय कानुनअनुसार विदेशी महिलाले नेपाली नागरिकसँग विवाह गरेपछि उसले चाहेको वेला नागरिकता लिन सक्ने व्यवस्था छ  । तर, संघीय कानुन अहिले बन्न गइरहेको छ । त्यसमा केही माननीयहरूले सात वर्ष तोकेर नागरिकता दिन मिल्ने कुरा राखिरहनुभएको छ,  अब कुनै पनि विदेशी महिला यहाँ बिहे गरेर आउँदा आफ्नै देशमा सात वर्षसम्म नागरिकताबाट वञ्चित हुने कत्तिको न्यायपूर्ण हो ? ०६३ देखि लागू हुँदै आएको वैवाहिक अंगीकृत नागरिकता नै हामीलाई लागू होस् ।’ 

सांसद रावलले यो विषयगत समितिमा गएको र  विषय टुंगाे नलागेको भन्दै चौधरीको भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राखे । 

उनले भने, ‘यो टुंगाे नलागेको विषय हो । त्यही विषयलाई लिएर सदनमा छलफल गर्न मिल्दैन । समितिको विषयको क्षेत्राधिकारमाथि हनन हो भन्ने मेरो ठहर छ । उहाँले बोलेको कुरा रेकर्डबाट हटाउनुहोस् ।’