मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार ४ बिहीबार १३:०६:००
Read Time : < 1 मिनेट
अर्थ

धनकुटा नगरपालिकाले कृषकलाई बाँड्यो मिनिट्रयाक्टर

Read Time : < 1 मिनेट
२०७७ असार ४ बिहीबार १३:०६:००

धनकुटा नगरपालिकाले नगरपालिकाभित्रका किसानलाई मिनिट्रयाक्टर वितरण थालेको छ ।

नगरपालिकाले कृषिलाई आधुनिकीकरण गर्दै नगरलाई गोरुबाट जोत्ने पद्धतिका ठाउँमा मेसिनबाट काम गर्ने वातावरण बनाउन यो अभियान थालेको जनाएको छ । 

प्रदेश १ सरकार र धनकुटा नगरपालिकाको ८० प्रतिशत र कृषकको २० प्रतिशत साझेदारीमा नगरभित्रका १६ वटा कृषक समूहलाई कृषि औजार वितरण गरिएको हो । 

नगरका विभिन्न वडाका कृषक समूह छनाेट गरी खेतबारी जोत्ने मिनिट्रयाक्टर र दूध ढुवानीका लागि टेम्पो खरिद गरी वितरण गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । 

उनले भने, ‘खेतबारी जोत्ने गोरुको सट्टा कृषकले गाई पालेर दूध उत्पादन गर्दा स्वास्थ्यलाई पनि राम्रो हुने र दूध बेचेर आम्दानी पनि बढ्ने भएकाले यो अभियान सञ्चालन गरिएको हो ।’ 

परम्परागत रूपमा चल्दै आएको कृषि व्यवसायलाई आधुनिकतामा रुपान्तरण गर्दै कृषकको आयआर्जनमा वृद्धि गर्न आवश्यक रहेको उनले बताए । 

कृषिमा आधुनिकीकरण गर्न जरुरी देखिएकाले नगर क्षेत्रलाई गोरुमुक्त बनाउने अभियानअन्तर्गत कृषक समूहहरूलाई कृषि औजार खरिद गरेर विरतण गर्न थालेको प्रमुख तामाङले बताए । 

यो अभियान प्रभावकारी बन्दै गएकाले आगामी वर्ष पनि निरन्तरता दिइनेछ ।

गत वर्ष पनि नगरपालिकाभित्रका कृषकलाई मिनिट्रयाक्टर वितरण गरिएको थियो ।