मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार ४ बिहीबार १२:१९:००
Read Time : < 1 मिनेट
समाचार

४० किलो गाँजा बरामद

Read Time : < 1 मिनेट
२०७७ असार ४ बिहीबार १२:१९:००

सशस्त्र प्रहरीले सिराहाको इटाटारमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । औरही गाउँपालिका– ४ इटाटारको गागन खोलामा राखिएको लागुऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट इटाटारबाट पैदल गस्ती टोलीले सुराकीको आधारमा गागन खोलामा बेवारिसे अवस्थामा राखिएको पाँच पोका तयारी अवस्थाका गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले बताए । 

बरामद गरिएको गाँजा ४० किलो रहेको र आवश्यक कारबाहीका निम्ति जिल्ला प्रहरी कार्यालय सिराहामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक कँडेलले बताए । लकडाउनका वेलामा कडाइ भए पनि सिराहाको सीमावर्ती क्षेत्रबाट लागुऔषधको कारोबार बन्द हुन सकेन ।