मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तिवारी यादव
२०७५ पौष ३ मंगलबार १२:४०:००
Read Time : < 1 मिनेट
प्रदेश

पर्सामा तस्करसँगको झडपमा चार प्रहरी घाइते

Read Time : < 1 मिनेट
तिवारी यादव
२०७५ पौष ३ मंगलबार १२:४०:००

वीरगञ्ज - पर्साको जगरनाथपुर गाउँपालिका पाँडेपुरमा प्रहरी र तस्करबीच झपड हुँदा चारजना प्रहरी घाइते भएका छन् । मंगलबार बिहान करिब ३ बजे मोटरसाईकलमा तेल तस्करी गर्ने गिरोहलाई रोक्न खोज्दा पाँडेपुरका युवाहरुले हस्तक्षेप गरी उल्टै प्रहरीलाई कुटपिट गरी घाइते बनाई राइफल खोसेर भागेका थिए ।

तस्करहरुसँगको झपडमा प्रहरी चौकी पाँडेपुरका प्रहरी सहायक निरीक्षक विष्णु देव यादव, प्रहरी हवल्दार प्रेम थापा, प्रहरी जवान अर्जुन चौधरी, प्रहरी चौकी पिडारीगठीका प्रहरी सहायक निरीक्षक जय किशुन महतो घाइते भएका छन् । 

घटना लगत्तै पर्साका प्रहरी उपरीक्षक रेवती ढकालको नेतृत्वमा गएको सुरक्षाकर्मीले खोसिएको हतियार फेला पारेको छ । घाइते प्रहरीको वीरगञ्जमा उपचार भइरहेको प्रहरी उपरीक्षक ढकालले बताए । फरार रहेका तस्करहरुको खोजीका लागि ठूलो संख्यामा प्रहरी परीचालन गरीएको ढकालले बताए ।